चितवनको भरतपुरमा माघ २ गतेदेखि ४ गतेसम्म ‘ आठौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी ’ हुने

इ चितवन खबर

December 24, 2025

चितवन । ‘आठौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी - २०८२ ’ माघ २, ३ र ४ गते चितवनमा आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा माघ २ गतेदेखि गतेदेखि ४ गतेसम्म चितवनको भरतपुर महानगरपालिका -१०, चितवन एक्स्पो सेन्टरमा आयोजना हुन लागेको हो । 


उक्त प्रदर्शनीको प्रवर्द्धकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ । साथै, उक्त प्रदर्शनीको सहयोगी संस्थाहरुमा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय महासंघ लिमिटेड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, गाउँपालिका  राष्ट्रिय महासंघ नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ र चितवन उद्योग संघ रहेका छन् । उक्त प्रदर्शनीमा नेपाल भित्रका कृषि उद्यमीहरु, व्यवसायीहरुका साथै विदेशी व्यवसायीहरु तथा कम्पनीहरु रहने छन् । उक्त प्रदर्शनीमा सय बढी स्टल रहने आयोजकले जनाएको छ ।


त्यसैगरी, उक्त प्रदर्शनीमा कृषि र प्रविधिका फरक - फरक समूहका स्टलहरु रहने छन् । उक्त प्रदर्शनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई / भैँसी पालन, कृषिका मेसिनरी औजार - उपकरण भेटेनरी, डेरी, खाद्य प्रविधि बारेमा जानकारी गराइने छ । अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था गरिने आयोजकको जनाएको छ । यसलाई ‘ प्रदर्शनी भित्रको प्रदर्शनी ’ पनि भन्न सकिन्छ । आयोजकको अनुसार प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख छ । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने आयोजकको विश्वास रहेको छ । 


यस्तै, उक्त प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पुग्ने र प्रविधिको प्रयोगबाट कृषि उत्पादनमा समेत वृद्धि भई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पु¥याउने आयोजकको विश्वास रहेको छ । उक्त प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहने छ । प्रदर्शनीमा देशभरबाट बढी भन्दा बढी अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य आयोजकको रहेको छ । यसैगरी, उक्त प्रदर्शनीमा देशैभरिका अगुवा किसानहरु, गाउँपालिका तथा नगरपालिकाका प्रतिनिधिहरु, सरकारी तथा गैर - सरकारी संस्थाहरु, निति / निर्माता, व्यवसायीहरु, उद्यमीहरु, व्यापारीहरु, अगुवा कृषकहरु, आयातकर्ताहरु, निर्यातकर्ताहरु, बैंक तथा वित्तिय संस्थाहरु, अनुसन्धानकर्ताहरु, शिक्षकशिक्षिकाहरु, विद्यार्थीहरु र शिक्षण संस्थाहरुको विशेष उपस्थिति हुने भएको छ ।


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नारायणी जग्गा तथा आवास व्यवसायी संघको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन माघ १५ गते हुने

January 22, 2026

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

January 21, 2026

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

January 18, 2026

सुनचाँदीको मूल्य वृद्धि

January 16, 2026

सुनचाँदीको मूल्य आज पनि बढ्यो

January 14, 2026

सुनचाँदीको मूल्य आज पनि बढ्यो

January 13, 2026

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

January 10, 2026

रत्ननगर महोत्सवको १३औं संस्करण सुरु

January 10, 2026

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन

January 09, 2026

सुजुकीको सर्वाधिक फिचर भएको 'भिक्टोरिस' साधवी इन्टरनेशनलमा सार्वजनिक

January 09, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .