बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

इ चितवन खबर

January 04, 2026

बागलुङ। स्वास्थ्य सुविधालाई थप सहज बनाउन यहाँका ४९ स्वास्थ्य संस्थालाई लाखौँ मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरिएको छ । 


नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसन र फेयरमेड फाउनडेसनका साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले जिल्ला सदरमुकामदेखि दूरदराजसम्मका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।


परियोजनाले रु ११ लाख २६ हजार २०० को स्वास्थ्य सामग्री तथा फर्निचर उपलब्ध गराएको छ ।  काठेखोलाका तीन स्वास्थ्य संस्थामा रु दुई लाख ८० हजार ३९५, निसीखोलाका आठ स्वास्थ्य संस्थालाई रु एक लाख १८ हजार ७२९, ढोरपाटनका पाँच स्वास्थ्य संस्थालाई रु एक लाख २८ हजार ७१८, जैमिनी नगरपालिकाका चार वटा स्वास्थ्य संस्थालाई रु ५४ हजार १२७ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराएको परियोजनाका अनुगमन अधिकृत सुजन पौडेलले जानकारी दिनुभयो ।


त्यसैगरी, बडिगाडका गाउँपालिकाका आठ स्वास्थ्य संस्थालाई रु एक लाख ३२ हजार ३३४, बागलुङ नगरपालिकाका छ वटा स्वास्थ्य संस्थालाई रु एक लाख ९६ हजार ५७४, गलकोटका दुई स्वास्थ्य संस्थालाई रु ४६ हजार ६६९, ताराखोलाका चार वटा स्वास्थ्य संस्थालाई रु ६५ हजार ८२२, तमानखोलाका पाँच वटा स्वास्थ्य संस्थालाई ५९ हजार २१२ र बरेङ गाउँपालिकाका चार वटा स्वास्थ्य संस्थालाई रु ४३ हजार ६१८ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराइएको हो ।


परियोजनाले प्रसूति प्रतीक्षा घरसमेत निर्माण गरिदिएको छ । बिरामीका लागि स्पाइनल बोर्ड, स्टे«चर, व्हीलचियर, पेरिलाइट, इएनटी सेट, कलर बकेट, निडिल कटर, सर्जिकल ड्रम, रक्तचाप नाप्ने सेट, टाइमरलगायतका महत्वपूर्ण सामग्रीहरु उपलब्ध गराएको जनाइएको छ ।


# चितवन खबर # स्वास्थ्य

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

January 19, 2026

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

January 19, 2026

नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित

January 16, 2026

विचार : निजी अस्पताल सञ्चालन र सरकारी नीति

January 05, 2026

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

January 04, 2026

औषधि व्यवस्था विभागद्वारा औषधि फिर्तासम्बन्धी सूचना जारी

January 02, 2026

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

December 19, 2025

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’

November 14, 2025

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

November 14, 2025

बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

November 11, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .