रत्ननगर महोत्सवको १३औं संस्करण सुरु

इ चितवन खबर

January 10, 2026

चितवन। पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा शुक्रबारदेखि रत्ननगर महोसत्सवको १३औं संस्करण सुरु भएको छ। रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महोत्सवको उद्घाटन गरेका थिए । 


रत्ननगर उद्योग बाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव यस पटकको महोत्सवमा रामजानकी मन्दिर आकृतिको भब्य गेट निर्माण, जनजाती समुदायको सुन्दर गाउँ, बेरोजगार समस्या निराकरण गर्न रोजगार मेला लगायतका विषयहरुलाई अगाडि बढाइएको संघका अध्यक्ष गिरीले बताए । 


उद्घाटन कार्यक्रमका प्रमुख अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अबस्थामा रहेको बताए । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अबस्थामा छ उनले भने यो अबस्थाको अन्त्यको लागि राज्यले निजी क्षेत्रलाई लगानीको बाताबरण तयार गर्नुपर्ने बताए । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा रहेको निजी क्षेत्रलाई हेर्ने बुझ्ने र सोच्ने दृष्टिकोणमा परिर्वतन हुन जरुरी रहेको बताए । नेपालको निजी क्षेत्र र अर्थतन्त्र किन पछाडि धकेलियो भन्ने विषयलाई मनन् गरी अर्थतन्त्र बलियो बनाउन निजीक्षेत्रमैत्री नीति निर्माण गर्नुपर्ने उनको भनाई छ । उनले लगानी सुरक्षाको सुनिश्चितता गर्न सरकारसंग माग गरेका छन् । 


कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादबप्रसाद पाठकले रत्ननगर महोत्सवलाई स्थानीय सरकारले संरक्षकत्व प्रदान गर्दै आएको भन्दै किसानले अनुभूति गर्ने गरी स्थानीय उत्पादनको प्रर्बद्धन र बजारीकरणमा ध्यान दिन आग्रह गरे । महोत्सव रमाइलोमा मात्र सिमित हुन नहुने भन्दै उद्देश्यप्राप्तीमा गतिविधि सञ्चालन गर्नुपर्ने बताए । 


कार्यक्रममा प्रदेश सभा साँसद जेएन थपलिया, कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी, नेपाली काँग्रेसका जिल्ला अध्यक्ष राजेश्वर खनाल, एमालेका जिल्ला अध्यक्ष कमलराज पाठक, नेपाली कम्युनिष्ट पार्टीकी जिल्ला सहइन्चर्ज कन्चन खनाल, रास्वपाकी जिल्ला उपसभापति प्रभा ढकाल, राप्रपाका जिल्ला उपाध्यक्ष पिताम्बर आचार्य, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेश समिति अध्यक्ष कृष्ण शर्मा, बागमती प्रदेश समितिका अध्यक्ष दिल सुन्दर श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले महोत्सवको इतिहार, यसले अर्थतन्त्र र कृषि प्रर्बद्धनमा खेल्दै आएको भूमिकको विषयमा मन्तव्य राखेका थिए । महोत्सव उद्घाटन पूर्व विहान रत्ननगरमा भब्य शोभायात्रा निकालिएको छ । 


नेपाल माविको खेलमैदानबाट सुरु भएको शोभायात्रामा १२५ वटा संघसंस्था रहभागी भएको शोभायात्रा व्यवस्थापन समितिकी संयोजक लक्ष्मी श्रेष्ठ कर्मचार्यले जानकारी दिइन् ।  पौष ६ गते सम्म चल्ने महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । उक्त महोत्सवमा महको उत्पादन र प्रर्बद्धनको लागि छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघकाउपाध्यक्ष रामशरण नेपालले बताए । यस पटक महोत्सवको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए । 


महोत्सव अन्तर्गत भजन, शंखध्वनी, महिला कबड्डी तथा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने छ । वालउद्यानमा जनपरीसंगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली निर्माण गरिएको छ । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जीप सफारी सञ्चालन गरिएको छ । महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरु समेत रहने छन् । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा ‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारा सहित रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने छ । 


महोत्सव महोत्वब अन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोक स्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ । टाँडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रर्बद्धनको लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम संयोजक ज्ञानबहादुर विसुरालले बताए । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको कृषि प्रर्वद्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।  


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नारायणी जग्गा तथा आवास व्यवसायी संघको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन माघ १५ गते हुने

January 22, 2026

तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

January 21, 2026

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

January 18, 2026

सुनचाँदीको मूल्य वृद्धि

January 16, 2026

सुनचाँदीको मूल्य आज पनि बढ्यो

January 14, 2026

सुनचाँदीको मूल्य आज पनि बढ्यो

January 13, 2026

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

January 10, 2026

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन

January 09, 2026

सुजुकीको सर्वाधिक फिचर भएको 'भिक्टोरिस' साधवी इन्टरनेशनलमा सार्वजनिक

January 09, 2026

सुजुकीको सर्वाधिक फिचर भएको 'भिक्टोरिस' साधवी इन्टरनेशनलमा सार्वजनिक

January 09, 2026

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .