इ चितवन खबर
February 28, 2025
काठमाडौँ । त्रिभुवन आर्मी क्लब जारी केपी ओली कपको फाइनलमा पुगेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मीले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
त्रिभुवन आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरेका थिए । नवयुगले खेलको आठौ मिनेटमा नै गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए भने दिनेशले खेलको ६६औ मिनेटमा पेनाल्टीमार्फत आर्मीको अग्रता दोब्बर पारेका थिए । त्यस्तै संकटाको लागि खेलको इन्जुरी समयमा विशन गुरुङले गोल गरेका थिए ।
अब त्रिभुवन आर्मी क्लबले फाइनलमा दोस्रो सेमिफाइनलका केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ ।प्रतियोगिताको फाइनल खेल सोमबार हुदै छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 17, 2025
April 10, 2025
April 04, 2025
April 03, 2025
April 01, 2025
March 24, 2025
March 09, 2025
March 07, 2025
March 04, 2025
March 04, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .