नारायणी जग्गा तथा आवास व्यवसायी संघको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन माघ १५ गते हुने

इ चितवन खबर

January 22, 2026

चितवन । नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन माघ १५ गते, बिहीबार आयोजना हुने भएको छ। संघको माघ २० गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

 

संघको साधारण सभा तथा अधिवेशन भरतपुर–११ स्थित धावन पार्टी प्यालेसमा बिहान ९ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा संस्थाका कार्यसमिति पदाधिकारी, सदस्य, सल्लाहकार तथा आजीवन सदस्यहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।


संघका अध्यक्ष बाबुराम अधिकारीले सम्पूर्ण सदस्यहरूलाई साधारण सभा तथा अधिवेशनमा अनिवार्य रूपमा उपस्थित भइ कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नु भएको छ। साथै उहाँले समयमै सदस्यता नवीकरण गर्न बाँकी रहेका सदस्यहरूलाई नवीकरण प्रक्रिया पूरा गर्न समेत अनुरोध गर्नु भएको छ।

 

जग्गा तथा आवास व्यवसाय क्षेत्रमा देखिएका समस्या, अवसर र सम्भावनाबारे छलफल गर्दै व्यवसायीहरूको हक–हित संरक्षण, नीति निर्माणमा भूमिका तथा चितवन जिल्लाको व्यवस्थित शहरी विकासमा संघको योगदानलाई थप प्रभावकारी बनाउने विषयमा अधिवेशन केन्द्रित रहने जनाइएको छ।

 

नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनले स्थापनाकालदेखि नै व्यवसायीहरूको साझा मञ्चका रूपमा काम गर्दै आएको छ। आगामी साधारण सभा तथा अधिवेशनले संघलाई नयाँ गति र दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरिएको छ।


# चितवन खबर # अर्थ खबर

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .