इ चितवन खबर
March 01, 2025
चितवन । चितवनमा पहिलो पटक घर बनाउने मेला हुने भएको छ । निर्माण व्यवसायीहरूको समूह भी ग्रुप, निर्माण व्यवसायी एसवन होम्सको आयोजना तथा उद्योग वाणिज्य संघ र भरतपुर महानगरपालिकाको समन्वयमा आउँदो बैशाख २५ गतेदेखि २७ गते सम्म नारायणगढमा हुन लागेको हो ।
घर बनाउन चाहिने आवश्यक सामाग्री, सरकारी मापदण्ड र सुरक्षा सम्बन्धी विषयमा जानकारी गराउने उद्देश्य सहित घर बनाउने मेला आयोजना गर्न लागिएको भी ग्रुपका अध्यक्ष विपिन कँडेलले जानकारी दिनुभयो । ‘चितवन देशकै केन्द्र विन्दु पनि हो, यसलाई लक्षित गरी उपभोक्तालाई सम्पुर्ण जानकारी दिने उद्देश्यसहित मेला आयोजना गर्न लागेका हौँ ।’ कँडेलले भन्नुभयो । घर तथा भवन निर्माण गर्दा चाहिने सामाग्रीको जानकारीका साथै मेलामा घरजग्गा किनबेच गर्न खरिदकर्ता र बिक्रेताबिच पनि भेट गराइने कँडेलले बताउनु भयो । उहाँका अनुसार मेलामा सरकारी सरोकारवाला निकाय, व्यवसायी , विज्ञ, उपभोक्ता बीच परामर्श, अभिमुखीकरण, अन्तरक्रिया लगायतका कार्यक्रम हुनेछन । ‘हामीले उपभोक्तालाई घर तथा भवन बनाउन के कस्ता निकायहरुसंँग समन्वय र स्वीकृति लिनुपर्छ र कम लागतमा अधिकतम गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने उद्देश्य पनि हो ।’ उहाँले भन्नुभयो ।
घर जग्गा कारोबार तथा निर्माण तथा निर्माण सामाग्री बिक्रेता र सेवाग्राहीलाई एउटै छाता मुनी सबै प्रकारका सेवा तथा जानकारी उद्देश्यले मेला आयोजना गर्न लागिएको एसवन होम्सका अध्यक्ष सुरज न्यौपानेले जानकारी दिनुभयो । ‘यो मेलाले व्यवसायी र सेवाग्राही बीच प्रत्यक्ष भेटघाट गराउँछ ’ , न्यौपानेले भन्नुभयो ।’
उद्योग वाणिज्य संघ चितवनको परिसरमा हुने मेलामा घरजग्गा, निर्माण सामाग्री , लगायतका गरी २५ वटा स्टल रहनेछन् । तीन दिनसम्म चल्ने मेलामा १० हजार अवलोकनकर्ताले अवलोकन गर्ने न्यौपानेको भनाई छ । मेलाले निर्माण कम्पनी, निर्माण सामाग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर , उपभोक्ता , सर्वसाधारण, विद्यार्थीहरूलाई फाइदा पुग्ने उहाँले बताउनु भयो । मेलामा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ ।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 04, 2025
June 22, 2025
June 20, 2025
June 16, 2025
June 13, 2025
June 08, 2025
June 05, 2025
June 05, 2025
June 02, 2025
May 29, 2025
July 07, 2025
July 07, 2025
July 07, 2025
July 07, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .