इ चितवन खबर
February 05, 2026
चितवन।नेपाल युवा रेडक्रस सर्कल, ओम शान्ति एकेडेमीको आयोजनामा ‘रक्तदान जीवनदान’ भन्ने मानवीय सन्देशलाई आत्मसात् गर्दै खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
सामाजिक उत्तरदायित्व, मानवता र सेवाभावको उत्कृष्ट उदाहरणका रूपमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो।कार्यक्रम माघ २३ गते शुक्रबार, १बजेदेखि ओम शान्ति एकेडेमी, भरतपुर–१०, चितवन मा सञ्चालन हुनेछ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, स्थानीयवासी तथा सर्वसाधारण सबैलाई रक्तदानमा सहभागी भई अमूल्य जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न ओम शान्ति एकेडेमीका प्राचार्य टेक बहादुर श्रेष्ठले आग्रह गर्नु भएको छ।
रक्त अभावका कारण दैनिक धेरै बिरामीहरू उपचारबाट वञ्चित भइरहेका वर्तमान सन्दर्भमा यस्ता कार्यक्रमहरूले ठूलो राहत पुर्याउने विश्वास लिइएको छ। एक थोपा रगतले कसैको जीवन जोगिन सक्छ भन्ने भावनाका साथ आयोजना गरिएको यस कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।नेपाल युवा रेडक्रस सर्कल ओम शान्ति एकेडेमीले यस्ता मानवीय तथा सामाजिक गतिविधिहरूलाई निरन्तरता दिँदै आएको र भविष्यमा पनि समाज सेवाका विविध कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
आयोजक संस्थाले सबै सचेत नागरिकहरूलाई कार्यक्रममा उपस्थित भई रक्तदान गरेर मानवताको महान् कार्यमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।
Happy ( १००% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 13, 2026
April 12, 2026
April 12, 2026
April 12, 2026
April 11, 2026
April 10, 2026
April 10, 2026
April 10, 2026
April 10, 2026
April 10, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .