महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

इ चितवन खबर

March 30, 2026

चितवन। नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आज यहाँ रक्तदान कार्यक्रम ५२ जनाले रक्तदान गरेका छन् । महासङ्घले ७१औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
    
    
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन र पत्रकारहरू सँगको सम्बन्ध सँगै रक्तदानको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो । पत्रकार महासङ्घका केन्द्रीय सदस्य नारायण अधिकारीले महासङ्घको स्थापनादेखि हालसम्म प्रेस एवं अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षाका लागि महासङ्घले गर्दै आएका कामका बारेमा प्रकाश पार्नुभएको थियो ।
    
    
महासङ्घ जिल्ला अध्यक्ष वसन्त पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे, पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरेलगायतले महासङ्घको स्थापना दिवसको शुभकामनासँगै रक्तदान गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीलगायत पत्रकारसँग आबद्ध विभिन्न सङ्घ सङ्गठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, सदस्य एवं पत्रकारहरूको सहभागिता रहेको थियो ।  

    
जिल्लामा दैनिक १०० देखि १५० युनिटसम्म रगतको माग हुने गर्दछ । क्षेत्रीय रक्तसञ्चार कार्यालय भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले मागको आधा रगत सङ्कलन नहुँदा अभाव भएको छ । संघसंस्थाले गरेका  रक्तदान कार्यक्रमहरूमा समेत रगत सङ्कलन कम हुने गरेको छ ।

    
रगतको अभाव भएपछि नेपाल रेडक्रश सोसाईटीले सूचना जारी गरेर रक्तदान गर्न अपिल गरेको थियो । सोपश्चात सङ्घसंस्थाहरूले रक्तदान गरिरहेको भए पनि माग थेग्न सकेको छैन । जिल्लामा रहेको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई ठूला मेडीकल कलेज र २० वटा भन्दा वढी नीजि अस्पतालमा आउने बिरामी र दुर्घटनाका घाइतेलाई धेरै रगत आवश्यक पर्ने गर्दछ ।


# चितवन खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

October 14, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

October 14, 2026

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

October 13, 2026

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

October 13, 2026

घरघरमा जमरा राखियो

October 11, 2026

विद्यालय बस दुर्घटना : पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

October 10, 2026

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

October 10, 2026

‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’

October 09, 2026

पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

October 09, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .