च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै

इ चितवन खबर

March 04, 2025

काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुदै छ । पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ ।


भारत समुह ए को विजेताको रुपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समुह बि को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगितामा दुवै अपराजित रहेका छन् ।


आइसीसी प्रतियोगितामा भारतमाथि अस्ट्रेलिया धेरै जसो हावी हुदै आएको छ । २०२३ मा भारत आफ्नै घरेलु मैदानमा एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । अब यस सेमिफाइनलमा भारतका अगाडी अस्ट्रेलियासँग बदला लिने अवसर रहेको छ ।


भारत र अस्ट्रेलियाबीच एकदिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म १५१ खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै १० खेलको कुनै नतिजा आएको छैन ।


त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुदै छ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ ।


# चितवन खबर # खेलकुद

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा सकियो

November 10, 2025

चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु शुभरम्भ

November 07, 2025

आइसिसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र युएई भिड्दै

November 05, 2025

खेलकुद महोत्सवको पूर्वसन्ध्यामा म्याराथन : अजय र प्रतिमा प्रथम

November 03, 2025

नेपाल युएईसँग पराजित

October 30, 2025

चितवन राइनोजले भित्र्यायो तीन विदेशी खेलाडी

October 22, 2025

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

October 20, 2025

ग्रिसका महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने

September 01, 2025

अभ्यास खेलमा नेपाल साउथ अष्ट्रेलियासँग पराजित

August 28, 2025

यी हुन सबैभन्दा लामो समयसम्म कप्तानी गर्ने क्रिकेटर

August 21, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .