इ चितवन खबर
March 04, 2025
काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति जुटेको हो ।
सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको हो ।
भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत माघ २ मा जारी भएको थियो । त्यस अगाडि गत पुस १४ मा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । त्यसपछि पुस २९ मा थप चारवटा अध्यादेश जारी भएका थिए ।
जसपा र लोसपाले भूमि बाहेकका अध्यादेश अघि बढाउन सहयोग गर्ने निर्णय गरेकाले यी अध्यादेश दुवै सदनबाट स्वीकृत हुने छ भने, भूमि अध्यादेशबारे पछि थप सहमति खोज्ने सरकारको तयारी छ ।
जसपा नेपालको आइतबारबाट जारी केन्द्रीय कमिटी बैठकमा पनि भूमि सम्बन्धी अध्यादेश कुनैपनि हालतमा नस्विकार्ने बताएपछि र सत्तारुढ लोसपा पनि यस अध्यादेशमा सहमत नभएपछि सरकार पछि हट्न बाध्य भएको बताइएको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 27, 2025
August 15, 2025
May 29, 2025
April 08, 2025
March 11, 2025
February 27, 2025
February 27, 2025
February 25, 2025
February 25, 2025
February 24, 2025
February 19, 2026
February 19, 2026
February 19, 2026
February 19, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .