इ चितवन खबर
August 03, 2026
चितवन। जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन् । गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परेअनुसार ७६४ व्यक्ति बेपत्ताका थिए । बेपत्ताको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेपत्ताकामध्ये ६७५ जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । कतिपय व्यक्ति नारायणी नदीमा हामफालेर बेपत्ता हुने र त्यहाँ हामफालेको विषय थाहा नहुँदा हराएको सूचीमा पर्ने गरेको उहाँले बताउनुभयो ।
यसैगरी, घर फर्किएकाहरु कतिपयले प्रहरीमा जानकारी नगराउँदा पनि बेपत्ताकाको सङ्ख्या बढी भएको हो । सुरुमा प्रहरीमा टिपाएको नम्बर पछि परिवर्तन हुने र सम्पर्क नहुने हुँदा प्रहरीले बेपत्ताको सूचीमा राख्ने गरेको छ ।
विगत तीन आर्थिक वर्षमा बेपत्ता मानिसको सङ्ख्या बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा ४८७ जना बेपत्ता भएकामा ४७५ जना फेला परेका थिए भने १२ जनाको खोजतलास जारी छ । यस्तै, आर्थिक वर्ष २०८१÷८२ मा ५५३ जना बेपत्ताका थिए । यसमध्ये ५४० जना भेटिएका थिए भने १३ जनाको खोजतलास भइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन परेका छन् । जसमध्ये ३०५ को मिलापत्र भएका छन् भने ७१ मुद्दा अदालतमा दर्ता भएको प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो । परेका निवेदनमध्ये पाँच अझै छलफलका क्रममा छन् । आर्थिक वर्ष २०८१÷८२ मा ५४२ निवेदन परेका थिए । यसमध्ये ४६९ निवेदन मिलापत्र भएको थियो । ७३ निवेदन मिलापत्र हुन नसकेर अदालतमा गएको दर्ता भएका थिए । आर्थिक वर्ष २०८०÷८१ मा ४९० वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए । यसमध्ये ४११ मिलापत्र भएको थियो भने ७९ मुद्दा अदालतमा दर्ता भएका थिए ।
सोही समयमा दुई हजार ३०५ ठाडा उजुरी परेका छन् । यसमध्ये जिल्ला प्रहरी कार्यालयमा परेका एक हजार ८७८ वटा र जिल्ला प्रशसान कार्यालयबाट प्राप्त ४२७ ठाडो उजुरी प्राप्त भएको थियो । यसमध्ये दुई हजार १०८ वटा मिलापत्र गरिएको छ । फछ्र्यौट गर्न बाँकी रहेको १९७ उजुरी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 14, 2026
August 13, 2026
August 12, 2026
August 12, 2026
August 12, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
August 10, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .