इ चितवन खबर
August 10, 2026
चितवन । चितवनमा घर तथा जग्गा व्यवसायलाई प्रर्वद्धन गर्ने उद्धेश्यसहित बिल्ड नेपाल एक्स्पो २०२६ हुने भएको छ । निर्माण कम्पनी एसवन होम्स र भी ग्रुप इभेन्टस् प्रा.लीको संयुक्त आयोजनामा चितवन उद्योग संघ स्थित चितवन प्रर्दशनी केन्द्रमा यही आउंँदो मंसिर ११ देखि १३ गतेसम्म उक्त एक्स्पो हुन लागेको हो ।
घरजग्गाको कारोबार , भवन निर्माण एवं यसका लागि चाहिने निर्माण सामाग्री सम्बन्धी जानकारी दिने उद्देश्यले बिल्ड एक्स्पो आयोजना गर्न लागिएको एसवन होम्सका प्रबन्ध निर्देशक तथा एक्स्पोका संयोजक सुरज न्यौपानेले जानकारी दिनुभयो । देशकै केन्द्रविन्दु र हरेक क्षेत्रमा सम्भावना बोकेको चितवनलाई लक्षित गर्दै घरजग्गा कारोबारलाई गतिदिन यो एक्स्पो गर्न लागिएको संयोजक न्यौपानेले बताउनु भयो । हामीले अघिल्लो बर्ष पनि घर बनाउने मेला गर्यौं , त्यसमा प्रर्दशक तथा सेवाग्राही उल्लेखनीय साथ पायौं, संयोजक न्यौपानेले भन्नुभयो, हाल यसलाई परिमार्जित र विस्तार गरी बृहद रुपमा दोस्रो चरणको एक्स्पो आयोजना गर्र्न लागेका हौं । घरजग्गा तथा घर निर्र्माण सामाग्री विक्रेता तथा क्रेतालाई एकै ठाउंँमा समेट्ने उद्धेश्य सहित एक्स्पो गर्न लागिएको उहांँको भनाई छ ।
घर तथा बसोबास निर्माणलाई गुणस्तरीय तथा सहज बनाउन सरकारी निकाय र निजीक्षेत्रको सहकार्य सहित एक्स्पो आयोजना गर्न लागिएको भीग्रुप इभेन्टसका अध्यक्ष विपिन कंडेलले जानकारी दिनु भयो । मानिसको जिन्दगीको सपना र आवश्यकता भनेको आखिर घर जग्गामा आएर टुंगिन्छ , यसलाई थप व्यवस्थित र व्यवसायिक बनाउन मदत पुग्छ भनेर पनि एक्स्पो आयोजन गर्न लागेका हौं, कंडेलले भन्नुभयो ।
एक्स्पोमा अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउनेबारे सम्पूर्ण जानकारी एकै ठाउँबाट लिन सकिनेछ । घर बनाउन चाहिने आवश्यक सामाग्री, सरकारी मापदण्ड र सुरक्षासम्बन्धी विषयमा पनि जानकारी गराइने उहांँले बताउनु भयो । हाल एक्स्पोलाई व्यवस्थित र उपलब्धीमुलक बनाउने बिषयमा सरोकारवाला संँग राय सुझाव संकलन भईरहेको आयोजकले जानकारी दिएको छ ।
तीन दिनसम्म चल्ने एक्सपोमा निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता सर्वसाधारण, विद्यार्थीहरुलाई फाइदा पुग्ने विश्वास राखिएको छ । एक्स्पोमा सहभागी हुन उद्योगी , व्यवसायी बिक्रेता एवं सेवाग्राही तथा उपभोक्तालाई सहभागी हुन आग्रह गरिएको छ । प्रर्दशकले आफ्नो व्यवसायलाई प्रर्वद्धन गर्न समयमै स्टल बुकिङ्ग गर्न समेत आयोजकले अनुरोध गरेको छ ।
चितवन उद्योग संघ चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा आयोजना हुने यो एक्स्पो चितवन एक्स्पो सेन्टरमा आयोजना गर्न लागिएको हो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
September 13, 2026
September 13, 2026
September 12, 2026
September 12, 2026
September 09, 2026
September 07, 2026
September 01, 2026
August 31, 2026
August 20, 2026
August 20, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .