इ चितवन खबर
March 12, 2025
चितवन । भरतपुर निवासी स्वर्गीय महेन्द्रबहादुर कार्कीको ३०औँ दिनको पूण्यतिथिमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । स्वस्तिक नेपालका पूर्व अध्यक्ष समेत रहनु भएका कार्कीको स्मृतिमा आज भरतपुरमा स्वस्तिक नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
कार्कीको २०८१ माघ २८ गते ५८ वर्षको उमेरमा असामयिक निधन भएको थियो । रक्तदान कार्यक्रममा सहभागी अतिथिहरुले स्वर्गीय कार्कीको व्यक्तित्वबारे चर्चा गर्दै उहाँको निधनले संस्थालाई अपूर्णनीय क्षति भएको पुगेको बताए । कार्यक्रमका शिक्षाविद् तथा समाजसेवी टेकबहादुर थापा प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।
कार्यक्रममा स्वर्गीय कार्कीका छोरा अप्रिल कार्कीले बुवाको स्मृतिमा आयोजना गरिएको कार्यक्रमले आफूहरुलाई भावुक बनाएको बताउनु भयो । आगामी दिनमा समेत आफ्ना बुवाको स्मृतिमा सामाजिक कामहरु गर्दै जाने कार्कीको भनाइ थियो ।
स्वस्तिक नेपालका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष हीरामान महर्जन, स्वस्तिक नेपालका कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, स्वर्गीय कार्कीकी छोरी शिक्षा कार्की रानाभाटसहितको उपस्थिति रहेको थियो । स्वस्तिक नेपालका महासचिव प्रेम बरालले सञ्चालन गर्नुभएको रक्तदान कार्यक्रमको संयोजक विष्णु लम्साल रहनुभएको थियो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 13, 2026
April 12, 2026
April 12, 2026
April 12, 2026
April 11, 2026
April 10, 2026
April 10, 2026
April 10, 2026
April 10, 2026
April 10, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .