अमेरिका-युक्रेनबीच खनिज सम्बन्धि सम्झौता हुदै

इ चितवन खबर

February 25, 2025

काठमाडौँ । अमेरिका-युक्रेनबीच खनिज सम्बन्धि सम्झौता हुने भएको छ । युक्रेनका उपप्रधानमन्त्री ओल्हा स्टेफानिसिनाले युक्रेन र अमेरिका खनिज सम्झौताको वार्ताको अन्तिम चरणमा रहेको बताएका हुन् ।


यस महिनाको सुरुमा राष्ट्रपति भोलोडीमिर जेलेन्स्कीले अमेरिकी सैन्य सहयोगको बदलामा अमेरिकालाई युक्रेनी खनिजहरूमा पहुँच दिने सम्झौतालाई अस्वीकार गरेका थिए ।


तर स्टेफानिसिनाले युक्रेनी र अमेरिकी टोलीहरू खनिज सम्झौताको सम्बन्धमा वार्ताको अन्तिम चरणमा रहेको जानकारी गराएकी छन् । उनले वार्ताहरू धेरै रचनात्मक भएको र लगभग सबै प्रमुख विवरणहरू अन्तिम रूप दिइएको बताएकी छन् । साथै उनले युक्रेन यसको हस्ताक्षरको साथ अगाडि बढ्न र यसलाई छिटो पूरा गर्न प्रतिबद्ध रहेको समेत बताएकी छन् ।


उनले भनेकी छन्- 'हामी आशा गर्छौं, अमेरिका र युक्रेन दुवै नेताहरूले आगामी दशकहरूको लागि हाम्रो प्रतिबद्धता प्रदर्शन गर्न चाँडो भन्दा चाँडो वाशिंगटनमा हस्ताक्षर र समर्थन गर्न सक्छन् ।'


राष्ट्रपति जेलेन्स्कीले खनिजसम्बन्धि सम्झौता गर्न अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई व्यक्तिगत तहमै आक्रमण शुरु गर्दै उनलाई तानाशाहसम्म भनेका थिए । साथै ट्रम्पले युक्रेनमा चुनाव गराउने र जेलेन्स्कीलाई पदबाट


हटाउनेसम्मको दबाब बढाएका थिए । यसैबीच जेलेन्स्कीले पनि अमेरिका आफ्नो विपक्षमा गइरहेको बुझेपछि युक्रेनमा शान्ति हुने शर्तमा पद छोड्न तयार रहेको अभिव्यक्ति समेत दिएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले खुला रुपमा नै युरोपले युक्रेनलाई सित्तैमा सहयोग नगरेको र अमेरिकाले पनि नगर्ने भन्दै युक्रेन युद्धबाट पछि हट्ने बताएका थिए । ट्रम्पकै प्रयासमा पुटिनसँगको कुराकानीपछि अमेरिकी र रुसी वरिष्ठ कुटनीतिज्ञबीच साउदी अरेबिया पहिलो चरणको वार्ता समेत भइसकेको छ ।
 


# अन्तर्राष्ट्रिय

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .