समृद्धिको यात्रामा भरतपुर २२

इ चितवन खबर

April 20, 2025

चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको भरतपुरको वडा नम्बर २२ ले समृद्धिको यात्रामा आफूलाई तीव्र रुपमा अगाडि बढाउँदै लगेको छ । नेपाल सरकारले सन् २०२० मा सुचीकृत गरेको उत्कृक्ष् सय गन्तव्यभित्र पर्न सफल यस वडाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पशुपालन, रोजगार र पूर्वाधार विकासमा महत्वपूर्ण सफलता हासिल गरेको  छ ।

 

पछिल्ला दिनमा पर्यटकीय हबका रुपमा विकसित हुँदै गएको यो वडा जंगल सफारी, बोटिङ, थारु संस्कृति र जैविक विविधताका लागि पर्यटक आकर्षणको केन्द्र बनेको छ । ‘तपाईंको उत्पादन, हाम्रो समृद्धि’ भन्ने नारालाई प्राथमिकता दिएको यस वडाले किसानको जीवनस्तर सुधार्न अनुदान र प्रोत्साहनका काम सुरु गर्दै आएको छ । किसानको सहजताका लागि वडामा बहुउद्देश्यीय सहकारी संस्था पनि गठन भएको वडाध्यक्ष विष्णु महतोले बताउनुभयो ।

 

पर्यटकीय स्थलहरूको तीब्रत्तर विकासका कारण वडावासीहरुको जीवनस्तरमा सुधार आएको भन्दै वडाध्यक्ष महतोले पर्यटन क्षेत्रको विकासमा सक्दो भूमिका निर्वाह गरेको बताउनु भयो । यस वडाले शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गर्नका लागि लागि संस्थागत, सामुदायिक र प्राविधिक विद्यालयको स्थापना एवम् सञ्चालनमा काम गरिरहेको उहाँको भनाइ छ । त्यस्तै, वडावासीको स्वास्थ्यलाई मध्यनजर गरेर १६ शय्याको अस्पताल सञ्चालनमा ल्याएको महतोले बताउनुभयो ।

 

स्वास्थ्य परीक्षणका लागि आधुनिक मेसिन सहित सञ्चालित अस्पतालमा आउनका लागि एम्बुलेन्स सेवा निःशुल्क तथा प्रयोगशाला सेवा पनि निःशुल्क गरिएको महतोको भनाइ छ । वडाले युवा र महिला लक्षित तालिम, सीपविकास र प्रोत्साहनका काम गर्दा वडावासीहरु थप लाभान्वित भएका छन् । अझ फोहर र ढल व्यवस्थापन गरिदिदा वडा सफा र स्वच्छ बन्दै गएको उहाँले बताउनुभयो । वडामा जम्मा भएको कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरेर फोहोरबाट मोहर बनाउने योजना पनि ल्याइएको महतोले बताउनुभयो । वडालाई प्लाष्टिक र गुट्कामुक्त क्षेत्र पनि घोषणा गरिएको छ ।

 

राजस्व संकलनमा समेत वडाले उल्लेखनीय सुधार ल्याएको भन्दै उहाँले आर्थिक वर्ष २०७३/७४ सम्म ७, ८ लाख रुपैयाँ राजस्व उठाउने वडाले आर्थिक वर्ष २०८१/८२ को हालसम्म ८२ लाख रुपैयाँ राजस्व संकलन गरेको बताउनुभयो । जनताको जीवनस्तर उकास्न र आयआर्जनका स्रोत वृद्धि गर्न महिला, युवा र किसान लक्षित विभिन्न तालिमहरु पनि वडाले आयोजना गर्दै आएको उहाँले बताउनुभयो । पूर्वाधारको विकासबाट वडावासीको जीवनस्तर सुधारमा लागिरहेको वडाले नयाँ नयाँ अवधारणा सहित पार्क तथा भवन निर्माण गरिरहेको छ । जुन योजनामध्ये अम्बे्रला स्ट्रीट, स्टोन पार्क र कमलपोखरी प्रमुख छन् ।

 

त्यस्तै, वडाले कभर्ड हल, लाइब्रेरी, तटबन्ध, विपद् व्यवस्थापन केन्द्र, खानेपानी र जनताको घर निर्माण गरी पूर्वाधारका काम गरेको वडाध्यक्ष महतोले बताउनुभयो । वडाभित्र हालसम्म ५५ किलोमिटर सडक कालोपत्र भइसकेको उल्लेख गर्दै उहाँले वडाका सबै सडक कालोपत्र हुने तयारीमा रहेका जानकारी दिनुभयो ।


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्ने गरी काम गर्नुको विकल्प छैन : महामन्त्री थापा

May 20, 2025

‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’

May 19, 2025

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

May 19, 2025

भरतपुरमा वाईसिएलका २२ युवा एमाले प्रवेश

May 19, 2025

आन्दोलन शान्तिपुर्ण हुन्छ, भडकाउने काम नगर्नुहोस् : कमल थापा

May 14, 2025

आज बागमती प्रदेशमा सार्बजनिक बिदा

May 07, 2025

भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल

May 06, 2025

किर्तिपुर क्रिकेट मैदान निर्माण ढिलाईबारे प्रधानमन्त्रीको गम्भीर चासो

May 06, 2025

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल

May 05, 2025

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति

May 05, 2025

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .