इ चितवन खबर
April 20, 2025
चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको भरतपुरको वडा नम्बर २२ ले समृद्धिको यात्रामा आफूलाई तीव्र रुपमा अगाडि बढाउँदै लगेको छ । नेपाल सरकारले सन् २०२० मा सुचीकृत गरेको उत्कृक्ष् सय गन्तव्यभित्र पर्न सफल यस वडाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पशुपालन, रोजगार र पूर्वाधार विकासमा महत्वपूर्ण सफलता हासिल गरेको छ ।
पछिल्ला दिनमा पर्यटकीय हबका रुपमा विकसित हुँदै गएको यो वडा जंगल सफारी, बोटिङ, थारु संस्कृति र जैविक विविधताका लागि पर्यटक आकर्षणको केन्द्र बनेको छ । ‘तपाईंको उत्पादन, हाम्रो समृद्धि’ भन्ने नारालाई प्राथमिकता दिएको यस वडाले किसानको जीवनस्तर सुधार्न अनुदान र प्रोत्साहनका काम सुरु गर्दै आएको छ । किसानको सहजताका लागि वडामा बहुउद्देश्यीय सहकारी संस्था पनि गठन भएको वडाध्यक्ष विष्णु महतोले बताउनुभयो ।
पर्यटकीय स्थलहरूको तीब्रत्तर विकासका कारण वडावासीहरुको जीवनस्तरमा सुधार आएको भन्दै वडाध्यक्ष महतोले पर्यटन क्षेत्रको विकासमा सक्दो भूमिका निर्वाह गरेको बताउनु भयो । यस वडाले शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गर्नका लागि लागि संस्थागत, सामुदायिक र प्राविधिक विद्यालयको स्थापना एवम् सञ्चालनमा काम गरिरहेको उहाँको भनाइ छ । त्यस्तै, वडावासीको स्वास्थ्यलाई मध्यनजर गरेर १६ शय्याको अस्पताल सञ्चालनमा ल्याएको महतोले बताउनुभयो ।
स्वास्थ्य परीक्षणका लागि आधुनिक मेसिन सहित सञ्चालित अस्पतालमा आउनका लागि एम्बुलेन्स सेवा निःशुल्क तथा प्रयोगशाला सेवा पनि निःशुल्क गरिएको महतोको भनाइ छ । वडाले युवा र महिला लक्षित तालिम, सीपविकास र प्रोत्साहनका काम गर्दा वडावासीहरु थप लाभान्वित भएका छन् । अझ फोहर र ढल व्यवस्थापन गरिदिदा वडा सफा र स्वच्छ बन्दै गएको उहाँले बताउनुभयो । वडामा जम्मा भएको कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरेर फोहोरबाट मोहर बनाउने योजना पनि ल्याइएको महतोले बताउनुभयो । वडालाई प्लाष्टिक र गुट्कामुक्त क्षेत्र पनि घोषणा गरिएको छ ।
राजस्व संकलनमा समेत वडाले उल्लेखनीय सुधार ल्याएको भन्दै उहाँले आर्थिक वर्ष २०७३/७४ सम्म ७, ८ लाख रुपैयाँ राजस्व उठाउने वडाले आर्थिक वर्ष २०८१/८२ को हालसम्म ८२ लाख रुपैयाँ राजस्व संकलन गरेको बताउनुभयो । जनताको जीवनस्तर उकास्न र आयआर्जनका स्रोत वृद्धि गर्न महिला, युवा र किसान लक्षित विभिन्न तालिमहरु पनि वडाले आयोजना गर्दै आएको उहाँले बताउनुभयो । पूर्वाधारको विकासबाट वडावासीको जीवनस्तर सुधारमा लागिरहेको वडाले नयाँ नयाँ अवधारणा सहित पार्क तथा भवन निर्माण गरिरहेको छ । जुन योजनामध्ये अम्बे्रला स्ट्रीट, स्टोन पार्क र कमलपोखरी प्रमुख छन् ।
त्यस्तै, वडाले कभर्ड हल, लाइब्रेरी, तटबन्ध, विपद् व्यवस्थापन केन्द्र, खानेपानी र जनताको घर निर्माण गरी पूर्वाधारका काम गरेको वडाध्यक्ष महतोले बताउनुभयो । वडाभित्र हालसम्म ५५ किलोमिटर सडक कालोपत्र भइसकेको उल्लेख गर्दै उहाँले वडाका सबै सडक कालोपत्र हुने तयारीमा रहेका जानकारी दिनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
January 21, 2026
January 19, 2026
January 19, 2026
January 19, 2026
January 18, 2026
January 16, 2026
January 14, 2026
January 14, 2026
January 14, 2026
January 13, 2026
January 23, 2026
January 22, 2026
January 21, 2026
January 21, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .