इ चितवन खबर
February 25, 2025
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको लागि खुलाईएको छात्रवृत्तिको लागि आवेदन दिनेहरुको संख्या नै नपुगेको भन्दै आवेदन दिन आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले फेशुबकमार्फत खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटोभन्दा छिटो आवेदन दिन भनेका छन् ।
उनले फेसबुकमा लेखेका छन्-
जानकारीको लागि – शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिट अझै खाली रहेको सूचना पाएको छु। खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो ९एकदुई दिनभित्रै० आवेदन दिनुहोला। आवेदन पठाउने ठेगाना यहाँ राखिएको छ । secretariat.education@moest.gov.np
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 08, 2025
March 11, 2025
March 04, 2025
February 27, 2025
February 27, 2025
February 25, 2025
February 24, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .