इ चितवन खबर
February 25, 2025
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक स्पष्टीकरण सोधेको छ । मङ्गलवार सोधिएको स्पष्टीकरणमा कुलमानलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।
यस पटक ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री स्तरीय निर्णय गरेर कुलमानलाई स्पष्टीकरण सोध्दै आन्तरिक तथा बाह्य भ्रमण, काज र बिदाका विषयमा प्रश्न सोधेका छन्।
जसमा ‘अन्तर्राष्ट्रिय भ्रमण काजमा जाँदा सोही विनियमावली बमोजिम सञ्चालक समितिको स्वीकृति नलिएको विषयमा प्रश्न उठाइएको छ। यस्तै १२ फेब्रुअरी २०२५ मा भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा नेपाली प्रतिनिधिमण्डलको टोली नेताको हैसियतमा त्यसतर्फ जाँदा स्वीकृति लिए नलिएको अर्को प्रश्न उठाइएको छ। जसमा कुलमानले मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएका सहमति पत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त गरेको हो ? भन्ने पनि प्रश्न छ ।
यस्तै यसअघि मन्त्री स्तरमै निर्णय भई पुस २२ गते र पुस २८ गते सोधिएका दुई स्पष्टीकरणमा कुलमानले पेस गरेका स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको मंगलबारको स्पष्टीकरणमा उल्लेख छ ।
‘...नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ? तपाईँले कार्यकारी निर्देशकको हैसियतले गरेका देहायका विषयमा समेत २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन नेपाल सरकार (मन्त्री स्तर) को मिति २०८१।११।१३ को निर्णयअनुसार जानकारी गराइन्छ,’ स्पष्टीकरण पत्रमा उल्लेख छ ।
यस अघि कुलमानलाई हटाउने प्रस्ताव उर्जा मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा लागेपनि कांग्रेसका मन्त्रीहरुले विरोध गरेपछि सो विषयमा निर्णय भएको थिएन ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 27, 2025
August 15, 2025
May 29, 2025
April 08, 2025
March 11, 2025
March 04, 2025
February 27, 2025
February 27, 2025
February 25, 2025
February 24, 2025
February 19, 2026
February 19, 2026
February 19, 2026
February 19, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .