इ चितवन खबर
February 25, 2025
काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले रद्ध भएको छ ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुनुपर्ने समुह बी अन्तर्गतको यो खेल लगातारको बर्षापछि रद्ध शुरुनै नभएर रद्ध भएको छ ।
खेल रद्ध भएपछि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक एक अंक बाँडेका छन् । यसपछि समुह बी मा दक्षिण अफ्रीका २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियापनि २ खेलमा समान ३ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।
यस समुहमा रहेका इङल्याण्ड र अफगानिस्तानले आफ्नो पहिलो खेलमा हार बेहोरेर अंकविहिन रहेका छन् । अब च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार इङल्याण्ड र अफगानिस्तानबीच खेल हुदै छ । यो खेल पाकिस्तानको लाहोरमा हुने छ ।
च्याम्पियन्स ट्रफी अन्तर्गत समुह ए बाट भने भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । त्यस्तै बंगलादेश र पाकिस्तान भने आफ्ना २-२ खेलमा हार बेहोरेर बाहिरिएका छन् ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
November 10, 2025
November 07, 2025
November 05, 2025
November 03, 2025
October 30, 2025
October 22, 2025
October 20, 2025
September 01, 2025
August 28, 2025
August 21, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .