इ चितवन खबर
May 30, 2025
काठमाडौँ । लक्की मिडिया हाउस चितवनको आयोजनामा हुँदै आइरहेको 'लक्की फिल्मी अवार्ड’ को मनोनयन सूची सार्वजनिक गरिएको छ। २०८० साउनदेखि २०८१ असारसम्म प्रदर्शनमा आएका चलचित्र मध्येबाट जुरीहरूले उत्कृष्ट पाँचको मनोनय छनोट गरेका हुन् । ‘लक्की फिल्मी अवार्ड’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरी जनाएको हो ।
मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ मोफसलमा अवार्ड आयोजना गर्न लागिएको हो ।
अवार्डका लागि आयोजकले उत्कृष्ट पाँचमा मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ । जसमध्ये उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । काठमाडौँबाट मनोनयनमा पर्न सफल ११ विधाको सार्वजनिक गरिएको हो । उक्त ११ विधाबाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डको आयोजना यही असार ८ गते चितवनमा विशिष्ट चलचित्रकर्मीहरूको साथमा भव्य रुपमा कार्यक्रम आयोजना गरिने बताउनुभयो ।
अवार्डको निर्णायक मण्डलमा वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहनु भएको छ भने सदस्यहरूमा वरिष्ठ रङ्ग पत्रकार एवं गीतकार शान्तिप्रिय, वरिष्ठ रङ्ग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर र चलचित्र निर्देशक शंकर कार्की रहनु भएको छ । विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सार्वजनिक गरेका ११ विधाका मनोनयन यस प्रकार छन् :
उत्कृष्ट चलचित्र
१.पुजार सार्की : किङ्गडम नेटवर्क
२.फर्की फर्की : रोहित अधिकारी फिल्म्स/ओएसआर डिजिटल
३.महाजात्रा : षट्कोण आर्टस्
४.दिमाग खराबः सिनेमा आर्ट प्रा. लि.
५.उपहार : रेखा फिल्म्स /कपनगढी सिनेमा प्रा.लि.
उत्कृष्ट निर्देशक
१. दिनेश राउत : पुजार सार्की
२. सुयोग गुरुङ : फर्की फर्की
३. प्रदीप भट्टराई : महाजात्रा
४. निश्चल बस्नेत : दिमाग खराब
५. ज्ञानेन्द्र देउजा : उपहार
उत्कृष्ट छायांकार
१. नरेन्द्र मैनाली : फर्की फर्की
२. राजेश श्रेष्ठ : पुजार सार्की
३. पुरुषोत्तम प्रधान : ऐंचो पैंचो
४. दिमाग खराब : सुसन प्रजापति
५. पुरुषोत्तम प्रधान : महाजात्रा
उत्कृष्ट अभिनेता
१. प्रदीप खड्का : पुजार सार्की
२. अनमोल के.सी : फर्की फर्की
३. विपिन कार्की : महाजात्रा
४. दयाहाङ राई : नाङ्गो गाउँ
५. सौगात मल्ल : अगस्त्य
उत्कृष्ट अभिनेत्री
१. स्वस्तिमा खड्का : दिमाग खराब
२. केकी अधिकारी : बोक्सीको घर
३. अञ्जना बराइली : पुजार सार्की
४. मिरुना मगर : घरज्वाइँ
५. जसिता गुरुङ : फर्की फर्की
उत्कृष्ट सम्पादक
१. सुरेन्द्र पौडेल : फर्की फर्की
२. भरत रेग्मी : पुजार सार्की
३. विपिन मल्ल/ भुपेन्द्र अधिकारी : ऐंचो पैंचो
४. सुलक्षण भारती /लोकेश बज्राचार्य : बोक्सीको घर
५. निमेष श्रेष्ठ : अगस्त्य
उत्कृष्ट गायिका
१. एलिना चौहान : वा वा वा – उपहार
२. अस्मिता अधिकारी : काले केटाले – ऐंचो पैंचो
३. समीक्षा अधिकारी : बुझिन मैले – बोक्सीको घर
४. शान्ति श्री परियार : दर्शन गरे – पुजार सार्की
५. मेलिना राई : चिरी च्याट्टै – दयारानी
उत्कृष्ट गायक
१. बाबुल गिरी : वा वा वा – उपहार
२. एस डी योगी : सुन सुन सुन्दरी – नाङ्गो गाउँ
३. सुरेश लामा : मायाको खानी – दान्भी
४. प्रकाश सपुत : दर्शन गरे – पुजार सार्की
५. सुगम पोखरेल : हितैको माया – दिमाग खराब
उत्कृष्ट संगीतकार
१. अर्जुन पोखरेल : कहिले बार बिर्सिन्छ’ – उपहार
२. आशिष अविरल : काले केटाले – ऐंचो पैंचो
३. प्रकाश सपुत : बुझिन मैले – बोक्सीको घर
४. एस डी योगी : मायामा तिम्रै मायामा – अगस्त्य
५. राजनराज सिवाकोटी : चिरी च्याट्टै – दयारानी
उत्कृष्ट नव निर्देशक
१. कृषा चौलागाई : ऐंचो पैंचो
२. मोहन राई : महानगर
३. माओत्से गुरुङ : दयारानी
४. सुलक्षण भारती : बोक्सीको घर
५. सविन अधिकारी : गणपति
उत्कृष्ट लेखन
१. बिकास सुबेदी : पुजार सार्की
२. सुयोग गुरुङ : फर्की फर्की
३. प्रदिप भट्टराई : महाजात्रा
४. सौरभ चौधरी : अगस्त्य
५. दिपेन्द्र लामा : नाङ्गो गाउँ
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
August 31, 2026
August 25, 2026
August 25, 2026
April 09, 2026
February 02, 2026
January 09, 2026
December 14, 2025
October 25, 2025
October 19, 2025
October 12, 2025
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .