इ चितवन खबर
June 02, 2025
चितवन । चितवनको भरतपुर महागरपालिका वडा नम्बर ८ का पूर्ववडाध्यक्ष नारायणप्रसाद कँडेल पछिल्लो समय सामाजिक अभियान्ताको रुपमा देखिनु भएको छ । विसं २०४३ र २०५४ मा वडा नम्बर ८ को वडाध्यक्ष भइसक्नु भएका कँडेल हाल अमेरिकाको डालास, टेक्सासमा बस्दै आउनु भएको छ ।
सामाजिक अभियान्ताको रुपमा कँडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा रहेर काम गर्दै आउनु भएको छ । उहाँ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषद् अमेरिकाको २०२१–२०२३ निर्वाचित सदस्य समेत हुनुहुन्छ । एनआरएनको अभियन्ताको रुपमा रहनु भएका कँडेल लायन्स क्लब अफ चितवनको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
उहाँ नेपाल र अमेरिकामा रहेका विभिन्न सामाजिक संघ/संस्थाहरूको आजीवन सदस्य मात्रै नभइ सफ व्यवसायीको रुपमा समेत परिचय बनाउनु भएको छ । अमेरिकामा रहेको गोर्खा बार एण्ड ग्रृल डालस अमेरिकाको सञ्चालक, सन् २०२४–२०२७ का लागि नेपाल रियल स्टेट विकास फन्ड अमेरिकाको सञ्चालक समेत हुनुहुन्छ । चितवनको भरतपुरमा रहेको चितवन हस्पिटल प्रा.लिको समेत सञ्चालक हुनुहुन्छ ।
नेपाल माइनिङ्ग कम्पनी प्रा.लि काठमाडौँको सदस्य रहनु भएको कँडेलको अमेरिकामा रहेका विभिन्न संस्थामा राजनीतिक आबद्धता पनि रहेको छ । जन प्रगतिशील मञ्च अमेरिकाको सन् २०१९–२०२१ को अध्यक्ष हुनु भएका कँडेल प्रवास समन्वय समितिको सदस्य हुनुहुन्छ । उहाँ सन् २०२४ का लागि अन्तर महादेशीय प्रवास प्रदेश संगठन समितिको उपसंयोजक तथा अमेरिकाको इन्चार्ज भएर काम गरिसक्नुभएको छ ।
Happy ( ८३.३३% )
Sad ( ०% )
Surprised ( १६.६७% )
Excited ( ०% )
Angry ( ०% )
July 07, 2025
July 07, 2025
July 07, 2025
July 07, 2025
July 06, 2025
July 04, 2025
July 04, 2025
July 03, 2025
July 03, 2025
July 01, 2025
July 07, 2025
July 07, 2025
July 07, 2025
July 07, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .