इ चितवन खबर
June 08, 2025
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई समेत मुछेर दायर गरिएको मुद्दामा न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनको यहाँ उद्घाटन गर्दै उहाँले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दामा असन्तुष्टि प्रकट गर्नुभयो ।
अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलिलाई जग्गा उपलब्ध गराइएको जिकिर गर्नुभयो । यस विषयमा कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको र अदालतबाट आउने फैसलालाई आफूले सम्मान गर्ने बताउनुभयो ।
देशभर साङ्गठनिक सुदृढीकरण गर्न जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
March 29, 2026
March 28, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .