इ चितवन खबर
June 30, 2025
चितवन। लोकदोहोरी क्षेत्रको प्रवर्द्धन तथा नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले चितवनमा लोकगीत प्रतियोगिता हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति चितवनको आयोजनामा प्रतियोगिता असार २१ गते, शनिबार जुगेडीस्थित संस्थाको आफ्नै भवनमा आयोजना गरिनेछ।
प्रतियोगिताको माध्यमबाट कुनाकुनामा लुकेर बसेका प्रतिभाहरुको पहिचान हुने कार्यसमिति सदस्य भुमिराज घिमिरेले बताउनुभयो । लोक संस्कृतिमा धनी र प्रतिभावान, क्षमतावान कलाकर्मी जन्माउने हुँदा दुरदराजमा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतियोगिता बिहान १० बजेबाट सुरु हुनेछ। प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार र सान्त्वना पुरस्कारस्वरूप ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
जिल्ला अध्यक्ष कृष्णप्रसाद भट्टराईले प्रतियोगितामा सहभागी हुन चाहनेले असार २० गते साँझ ४ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने जानकारी दिए। नाम दर्ताका लागि मो.९८४५०५६८६९ वा मो.९८४५४१९५३१ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
July 07, 2025
July 07, 2025
July 07, 2025
July 07, 2025
July 06, 2025
July 04, 2025
July 04, 2025
July 03, 2025
July 03, 2025
July 01, 2025
July 07, 2025
July 07, 2025
July 07, 2025
July 07, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .