वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

इ चितवन खबर

July 04, 2025

चितवन। पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आउनुभएका दीपक भट्टराईले यो वर्षायाममा जस्तो सुनसान सौराहा कहिल्यै देख्नुभएन । वर्षालागेसँगै पर्यटकीय गतिविधि कम हुने भए पनि विदेशी पर्यटक नआएको उहाँको यो पहिलो अनुभव हो ।
 

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष भट्टराई अहिले पाँचदेखि १० प्रतिशत मात्रै होटलमा ‘अकुपेन्सी’ रहेको बताउनुहुन्छ । शुक्रबार र शनिबार १० प्रतिशत हाराहारी पुगे पनि अन्य दिनमा यो पाँच प्रतिशतमा झर्ने गरेको छ । यो याममा विगतका वर्ष ३० प्रतिशत हाराहारीमा पर्यटक आउने गरेका उहाँले बताउनुभयो ।
 

पर्यटकको नभएपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिएका छन् । चितवन फरेस्ट रिसोर्टका सञ्चालक भट्टराईले भन्नुभयो, “हाल २५ प्रतिशत कर्मचारी मात्र काममा  छन् ।” वर्खामा पनि भारतीय, चिनियाँ र स्वदेशी पर्यटक सौराहा आउने गरेका तर भारतीय पर्यटक आउने मुख्य नाका भैरहवाबाट सतहमार्ग हुँदै आउन असहज भएकाले पर्यटक घटेका उहाँको अनुमान छ । 
 विसं २०३३ देखि पर्यटन क्षेत्रमा लाग्नुभएका गिरिधारी चौधरी आर्थिक मन्दीका कारण पर्यटक घटेका बताउनुहुन्छ । काठमाडौँ र बुटवलबाट आउने सडक असहज हुनु, हवाई यातायात पनि अनियमित हुँदा पर्यटक घटेका उहाँको ठम्म्याइ छ । 
 

सौराहामा निकुञ्ज र आसपासका क्षेत्रमा जिप, पैदल, हात्ती, डुङ्गा सफारी गर्ने र वन तथा वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन् । चितवन राष्ट्रिय निकुञ्जले बर्खालागेसँगै जिप सफारी बन्द गरेको छ । सौराहामा करिब १५० होटल छन् । आठ हजार बढी शय्या भएका यी होटलमा छ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।


# चितवन खबर # अर्थ खबर

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .