इ चितवन खबर
August 04, 2025
हेटौंडा। अन्ततः बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा राजीनामा दिएको उनले जानकारी दिए ।
आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामा घोषणा गरेका हुन् । ‘संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि पार्टीभित्रको छलफलपश्चात् राजीतिक विधि, पद्धति र मान्यता स्थापित गर्न सभापतिको आग्रह पछि राजिनामा दिएको हुँ,’ उनले भने ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले पदभार ग्रहण पछिको ३ सय ७४ दिनको कामबारे संक्षिप्त जानकारी गराएका थिए । २०८१ साउन ८ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
लामा बिरूद्द कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यसपछि ३७ मध्ये १४ मत मात्रै उनले पाएका थिए भने उनको बिपक्षमा २२ मत परेको थियो ।
सो पछि संसदीय दलको नेतावाट मुक्त भएका उनी बानियाँसँग पराजित भएका थिएँ । लामाले राजिनामा दिए पछि बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
April 13, 2026
April 10, 2026
April 09, 2026
April 09, 2026
April 07, 2026
April 05, 2026
April 02, 2026
March 29, 2026
March 29, 2026
March 28, 2026
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .