अभ्यास खेलमा नेपाल साउथ अष्ट्रेलियासँग पराजित

इ चितवन खबर

August 28, 2025

काठमाडौं।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटको पराजय बेहोरेको छ । बिहीबार नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गर्यो ।

 
साउथ  अस्ट्रेलियाका लागि  विन्टरले ३६, होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए । नेपालका लागि सोमपाल कामीले तीन, नन्दन यादवले दुई तथा कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको थियो ।

 
नेपालका लागि भीम सार्कीले ३२, दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए । साउथ अस्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मेनेन्टीले समान दुई तथा म्याकफाडेन र मेन्जिसले समान एक विकेट लिए । 

 


# चितवन खबर # खेलकुद

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .