४० देशबाट तेल आयात गर्ने भारतले निर्यात चाँही कुन कुन देशमा गर्छ ? जान्नुहोस्

नयाँ दिल्ली। रुसबाट कच्चा तेल किनेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथी ५० प्रतिशत कर लगाएका छन् । भारतको तर्फबाट कडा जवाफ दिँदै विदेशमन्त्री एस जयशंकरले भारतबाट तेल किन्दा कसैलाई कुनै समस्या छ भने चिन्ता लिन आवाश्यक नभएको र यो उनीहरूको समस्या भएको जवाफ दिएका छन् । र, भारतले पनि आफ्नो देशमा उत्पादित तेल कुनै पनि देशलाई तेल किन्न बाध्य पार्न नसकिँने जनाइसकेको अवस्था छ ।

 

खासमा भारत विश्वको तेस्रो तेल आयातकर्ता र निर्यातकर्ता देश हो। तथ्याङ्कले देखाउँछ कि भारतले आफ्नो आवश्यकताको ८५ प्रतिशतसम्म अन्य देशबाट आयात गर्छ। भारतले विश्वका ४० देशबाट तेल आयात गर्छ र त्यहाँबाट विभिन्न प्रकारका पेट्रोलियम पदार्थ उत्पादन गर्छ, जसले देशको अर्थतन्त्रलाई टेवा पुर्याउन मद्दत गरेको छ।

 

भारतमा कच्चा तेलको उत्पादन निकै कम छ । देशका कतिपय ठाउँमा तेल पाइन्छ । जस्तो कि यसमा असम, पश्चिमी अपतटीय र राजस्थान, गुजरात, मुम्बई हाई र कृष्णा गोदावरी बेसिन समावेश छ। तर, भारतका धेरै भागमा तेलको ठूलो भण्डार रहेको अध्ययनले देखाएको छ । जसको खोजी अझै पनि भइ नै रहेको छ ।

 

भारतले तेल किन्ने विश्वका ४० देशमध्ये रुस शीर्ष स्थानमा छ । भारतले सन् २०२४ देखि रुससँग तेलको व्यापार बढाएको छ । वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार गत वर्षको डिसेम्बरमा रुस भारतलाई सबैभन्दा बढी तेल निर्यात गर्ने देश थियो । देशमा आयात हुने कच्चा तेलको करिब एक तिहाइ रुसबाट आएको थियो।

 

रूसबाट कच्चा तेलको आपूर्ति दर वार्षिक रूपमा २५ प्रतिशत बढेर ३.९२ बिलियन अमेरिकी डलर पुगेको छ। तथ्यांकअनुसार रुसबाट कच्चा तेल आयात गत वर्ष नोभेम्बरमा ३.६१ अर्ब डलरको तुलनामा ८ प्रतिशतले बढेर १०.५ अर्ब डलर पुगिसकेको छ । भारतले यस बाहेक साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, अमेरिका, कुवेत, नाइजेरिया, मेक्सिको र ओमान,  ब्राजिल, क्यानडा, गुयाना र सुरिनामवाट भारतलाई तेल आयात गर्छ ।

 

अब प्रश्न उठ्छ कि भारतले ४० देशबाट कच्चा तेल आयात गरेपछि के गर्छ ? भारतले तेल कच्चा तेल आयात गरे पनि यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थको रूपमा अन्य देशलाई बिक्री गर्ने गर्छ। अर्थात् कच्चा तेल प्रशोधन र प्रशोधन गरेपछि अन्य देशमा निर्यात गर्छ । 

 

भारतले विश्वका धेरै देशलाई पेट्रोलियम पदार्थ निर्यात गर्छ। जसमा अमेरिका, सिंगापुर, अष्ट्रेलिया, नेदरल्याण्ड्स, अष्ट्रेलिया, युरोपेली देश र दक्षिण अफ्रिका पर्छन् । भारतबाट प्रशोधित तेल खरिद गर्नेमा युरोपेली देश शीर्ष स्थानमा रहेका छन्।

 

भारतले कच्चा तेललाई परिष्कृत गर्दछ र विभिन्न क्षेत्रमा प्रयोग हुने उत्पादनहरू तयार गर्दछ। यसमा उच्च गतिको डिजेल, पेट्रोल (मोटर स्पिरिट), इन्धन तेल, हवाई टर्बाइन इन्धन र मट्टितेल समावेश रहेका छन् । यी पेट्रोलियम उत्पादनहरू दैनिक जीवन र यातायातमा प्रयोग गरिन्छ। यसबाहेक, तिनीहरूले बिजुली उत्पादन, विमान, सैन्य वाहन र पनडुब्बीमा पनि प्रयोग भइरहेका छन् ।


 

‘सारा तीर्थ बारम्बार, गंगासागर एकबार’
अमेरिकामा ५.५ करोड आप्रावासी, जसमध्ये अबैध १ करोड ४ लाख
दिल्लीमा १० लाख आवार कुकुर, ७ महिनामा २६ हजार बढी मानिस कुकुरकाे टाेकाइमा
चिनले बनायाे रोबोटिक सिपाही, भन्यो, ‘अब युद्द मान्छेले होइन्, रोबोटले लडछ’
रूसको भुकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी
बंगलादेशमा सैन्य बिमान स्कुलमा ठोक्कियो, उद्दार कार्य जारी
अहमदावाद दुर्घटना, बिमानमा सवारबाहेक थप २४ को मृत्यु भएको पुष्टी
अमेरिकाको १२ राज्यमा फैलियो प्रदर्शन, २ को मृत्यु, ११ सय बढी पक्राउ
भारतले एक्सलाई भन्यो, ‘८ हजार खाता ब्लक गर्नु, नभए कारबाही भोग्नु'
दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने बिदेशी नागरिकलाई सजाय हुने
विश्वको सबैभन्दा महंगो 'निलाे हिरा' को हुदैँछ लिलामी
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारत माथी सबैभन्दा बढ कर (सुचीसहित)
अमेरिकाले आफ्ना नागरिक 'अपहरण' गरेकाे भेनुजुएलाको आरोप
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
अमेरिकी डलरको भाउ स्थिर, युराे बढ्याे
नेपाली विद्यार्थीको मृत्यु प्रकरण : ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो
अमेरिका-युक्रेनबीच खनिज सम्बन्धि सम्झौता हुदै
कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .