नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा सकियो

चितवन। नारायणगढ जेसीज र नेपाल पत्रकार महासंघ चितवन शाखाबीच भएको मैत्रीपूर्ण फुटसल खेल बराबरीमा सकिएको छ ।
जेसीज सप्ताहको दोस्रो दिन सोमबार विहान क्यासी स्पोर्टस् बाह्रघरेमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो ।

 

नारायणगढ जेसीजले आइतबारदेखि ‘जेसीज सप्ताह–२०२५) सुरु गरेको हो । साप्ताहिक रुपमा विभिन्न कार्यक्रम अन्तरगत वर्षेनी पत्रकार र जेसीजबीच मैत्रीपूर्ण खेल हुँदै आइरहेको छ । जेसीज सप्ताहका मुल संयोजक सन्तोष पण्डितले विगतको सहकार्यलाई निरन्तरता दिँदै मैत्रीपूर्ण खेल आयोजना गरिएको बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले निरन्तर पत्रकार महासंघलाई सम्झिदै आएकोमा जेसीजलाई धन्यवाद दिए । उनले आगामि दिनमा पनि यसरी नै सहकार्य हुनेमा विश्वास व्यक्त गरे । नारायणगढ जेसीजका अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नारायणगढ जेसीजका पूर्व अध्यक्ष गोपाल भट्टराई, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, कार्यक्रम संयोजक विमिशमान शाक्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कपिल श्रेष्ठले संचालन गरेका थिए ।

 

नारायणगढ जेसीजको सप्ताह उद्घाटनको अवसरमा स्वर्ण स्तम्भ समेत उद्घाटन गरिएको थियो । जेसीज सप्ताह अन्तरगत भोलि (मंगलबार) जेसीज सचिवालयमा भरतपुरका सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ । उक्त दिनको कार्यक्रम संयोजक जेसी अस्वीन पौडेल रहेका छन् ।

 

बुधबार इच्छाकामनाको कुरिनटारमा नारायणगढ जेसीजको सहयोगमा निर्मित जेसीज गाउँमा आवस्यक शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम आयोजन गरिने छ । उक्त कार्यक्रमको संयोजक संजीव पौडेल रहेका छन् । कार्तिक २७ गते चितवन उद्योग वाणिज्य संघमा भरतपुरका व्यवसायीहरुलाई केन्द्रित गरेर, नेपाली युवा उद्यमी मञ्च, युवा उद्धअमी मञ्च एवम नारायणगढ़ जेसीजले मातृत्व प्रदान गरेका र छिमेकी शाखाहरु बीच बीजनेश संवाद कार्यक्रम आयोजन गरिने छ । उक्त कार्यक्रमको संयोजक अविनाश खनाल रहेका छन् ।

 

कार्तिक २८ गते सामुदायिक प्रहरी केन्द्र, भरतपुर–३ मा आम सर्वसाधारणलाई पोषण सम्बन्धित जनचेतना दिने उद्देश्यले पोषण विज्ञसँग अन्तक्रियात्मक कार्यक्रम गरिने छ । उक्त कार्यक्रमको संयोजक जेसी सुशील सापकोटा रहेका छन् । कार्तिक २९ गते बिहान ८ बजे देवघाट–५ मा रहेको देवघाट क्षेत्र विकास समितिद्वारा संचालन गरिएको वृद्ध आश्रममा भोजन ग्रहण गराउने कार्यक्रम रहेको छ भने, दिउँसो ४ बजे सचिवलयमा पुरस्कार वितरण तथा जेसीज सप्ताहको समापन कार्यक्रम आयोजन गरिने छ । अन्तिम दिनको कार्यक्रम संयोजक विपिन कंडेल रहेका छन् ।

चितवनमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु शुभरम्भ
आइसिसी विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र युएई भिड्दै
खेलकुद महोत्सवको पूर्वसन्ध्यामा म्याराथन : अजय र प्रतिमा प्रथम
नेपाल युएईसँग पराजित
चितवन राइनोजले भित्र्यायो तीन विदेशी खेलाडी
नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र
ग्रिसका महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने
अभ्यास खेलमा नेपाल साउथ अष्ट्रेलियासँग पराजित
यी हुन सबैभन्दा लामो समयसम्म कप्तानी गर्ने क्रिकेटर
एन्फा महिला लिग छनौट आज २ खेल हुदैँ
नेपाल महिला फुटबलरले पराजित गर्‍यो साउदीलाई
महिला वरियतामा १३ स्थान उक्लियो नेपाल, अब सर्वोत्कृष्ट ८७औं स्थानमा
नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ
जित्नै पर्ने दबाबका बिच नेपाली महिला फुटबलर बंगलादेशसँग भिडदैँ
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति
लाओसबिरूद्द नेपालको ९-० शानदार जीत, साम्भा एक्लैले हालिन ५ गोल
रोनाल्डोले क्लब विश्वकप नखेल्ने, गरे घोषणा
नेपाल फुटबल टोली र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँ
आइपीएलको बिजय उत्सव मनाउने भिडमा भागदौंड हुदाँ मर्नेको संख्या ११ पुग्यो
पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा
रोनाल्डोको अल नासर ९-०ले बिजयी
अष्ट्रेलियाका पुर्व क्रिकेटर म्याकगिल कोकिन मुद्दा दोषी ठहर, तोकियो सजायँ
एन्फाको साधरणसभा सुरू, गणेश थापाले पाएनन प्रवेश
किर्तिपुर क्रिकेट मैदान निर्माण ढिलाईबारे प्रधानमन्त्रीको गम्भीर चासो
कोहलीकाे नयाँ किर्तिमान, टि-२० मा ३०० छक्का हान्ने पहिलो भारतीय
साफ यु-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
आईपीएलमा आतंकबादको बिरोधः हैदारबाद–मुम्वई का खेलाडीहरू कालोपट्टी लगाएर खेल्ने
गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको बिकासमा लाग्छु’
क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै
एनएसएल फुटबल : चितवनको लगातार दोस्रो जित
नेपाल बिरूद्दको खेलमा अफगानिस्तानले टस जित्यो, नेपाल बलिङमा
चितवनसँग पोखरा पराजित

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .