वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड

काठमाडौँ। वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
 
    
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताउनुभयो ।
 
    
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताउनुभयो । विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उहाँको गुनासो थियो ।
 
    
वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राख्नुभयो ।
 
    
सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
आज कति छ सुनचाँदीको मुल्य ?
चितवनमा डढेलो नियन्त्रणको लागि पूर्वतयारी गरिँदै
अमेरिकी डलरको भाउ स्थिर, युराे बढ्याे
रेणुका नगरकोटी बनिन् अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी
भारतीय केराले नेपाली किसानलाई टेन्सन
शंकर पोखरेलको टिप्पणी- प्रचण्डमा यतिवेला तिव्र निरासा र छटपटाहट देखिन थालेको छ
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि
प्रधानमन्त्री ओलीको महिला टिमलाई सान्त्वना - छोरीहरूको खेल राम्रो थियो, भविष्यमा हामी जित्ने नै छौं
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
कम्युनिष्टहरु बिच नयाँ आधारमा एकता सम्भव छ : विप्लव
वीरगञ्ज नाकाबाट ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ आयात
४५ दिनमा ६५ करोडले महाकुम्भमा लगाए डुबुल्की
बीमा प्राधिकरणका अध्यक्ष ओझाले लिए शपथ
नेपाली विद्यार्थीको मृत्यु प्रकरण : ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ?
सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन : प्राधिकरण
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यान्मार भिड्दै
आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुदै
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
जेनेभामा के गर्दैछिन् परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ?
कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण
शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि आवेदन दिनेको कमी, प्रधानमन्त्री ओलीको छिटो आवेदन दिन आह्वान
७० वर्ष माथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग
चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को ?
नवलपरासीमा झडप, २० जना घाइते
कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बस्दै
‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्याली
प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त
भक्तपुरको भैल प्याखं चितवनमा
स्ववियु निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : नैनसिंह महर

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .