वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड

काठमाडौँ। वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
 
    
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताउनुभयो ।
 
    
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताउनुभयो । विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उहाँको गुनासो थियो ।
 
    
वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राख्नुभयो ।
 
    
सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन
दुर्गा प्रसाईं फेसबुक लाईभमा, भने, `आन्दोलन हिंसात्मक हुनुमा राज्य र युवा संघ जिम्मेवार´
पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रेस चौतारीको माग
रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने
रेडक्रस जिल्ला शाखाबाट ओम शान्ति एकेडेमीका प्राचार्य श्रेष्ठ सम्मानित
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्दै
पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा
सुन तोलाको १ लाख ७६ हजार बढी
रेडक्रस चितवन शाखाको ५३ औँ वार्षिक साधारण सभा
उच्च मनोबलका साथ प्रहरी परिचालन गर्नुपर्छ : महानिरीक्षक थापा
पूर्वराजालाई काठमाडौं महानगरद्वारा ७ लाख ९३ हजार जरिवाना
तीनकुने घटना : दुईको मृत्यु, ५३ प्रहरी घाइते
पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासङ्घ विरोधमा
पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमणविरुद्ध चितवनमा विरोध प्रदर्शन
बागलुङ चिनाउने ‘चैते दसैँ मेला’
राजधानीका केही स्थानमा कर्फ्यु घोषणा
जडीबुटी कम्पनीमा राजावादीले लगाए आगो
राजावादीको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु
तीस करोडको लागतमा अस्पताल भवन निर्माण
समाजवादी मोर्चाले आज ७ स्थानवाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा
सुनचाँदी दुवैको बढयो मुल्य
चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त
संसद सञ्चालनमा अझै अन्यौल, सभामुख छलफलमै
किड्स वर्ल्ड मन्टेश्वरीको ८ औँ दीक्षान्त समारोह तथा अभिभावक दिवस सम्पन्न
कांग्रेस स्थानीय तहका प्रमुख/उपप्रमुखको एकै स्वर- शिक्षा विधेयक हिउँदे अधिवेशनबाट ल्याउनुपर्छ
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द
एकैदिनमा हजार बढीले दिए ५० लाख डलर तिरेर अमेरिकाको नागरिकता लिन निवेदन
वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू
कुमारी बैंकको १६ लाख कित्ता सेयर बिक्रीमा
प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएकाे भन्दै भरतपुर बिधुतका हाकिम माथी आक्रामण
प्रधानमन्त्री चैत १९ गते थाईल्याण्ड जाने

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .