वन डढेलो नियन्त्रणका लागि कार्ययोजना बनाएरै लाग्नुपर्नेमा जोड

काठमाडौँ। वन डढेलो नियन्त्रणका लागि तीनै तहका सरकारले स्पष्ट कार्ययोजना बनाएर सहकार्य गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित ‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ सम्बन्धी छलफलमा सहभागीले पछिल्ला वर्षहरूमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
 
    
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जङ्गलमा इन्धन थुप्रिएका कारण डढेलोको जोखिम बढिरहेको बताउनुभयो ।
 
    
फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधनस्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठिन भइरहेको बताउनुभयो । विभिन्न क्षेत्रबाट अनावश्यक दबाब आउँदा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न नसकिएको उहाँको गुनासो थियो ।
 
    
वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले वन डढेलो हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो विकासका १७ वटा लक्ष्यमध्ये नौवटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउँदै गर्दा यसलाई पनि हेर्नुपर्ने धारणा राख्नुभयो ।
 
    
सामुदायिक वन उपभोक्ता महासङ्घका वरिष्ठ उपाध्यक्ष वीर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको भएकाले समुदायलाई तालिम र साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

आपसी मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
दुई महिनाका लागि काठमाडौँका यी ठाउँमा निषेधाज्ञा
जनताको विश्वास, आशा-भरोसाको केन्द्र नेपाल प्रहरी : आइजिपी कुँवर
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री ओली
शिक्षकहरुले राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिदै, आज कांग्रेसको पालो
कास्की केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प
नेपालमा हिन्दुराजा ल्याउन खोज्ने भारतीयहरुलाई शंकर पोखरेलको जवाफ- भारतमै ल्याए भयो !
राप्रपाले ज्ञानेन्द्रलाई फर्काउन चैत १ बाट फेरि आन्दोलन थाल्ने
सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा
सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला
कुलमानले दिए स्पष्टीकरणको जवाफ
काठमाडौँ उपत्यकामा बढ्यो प्रदुषण
आज कति पुग्यो सुनचाँदीको मुल्य ?
कांग्रेसले शुरु गर्यो मिसन रोजगार अभियान
स्वस्तिक नेपालले फागुन २८ गते रक्तदान कार्यक्रम गर्ने
शहिद स्मारक बी डिभिजिन लिग आजदेखि
आज सुनचाँदीको मुल्य कति पुग्यो ?
रवि लामिछाने तारिख बुझ्न कास्कीमा
अन्तर्राष्ट्रिय नारी दिवसमा लायन्स क्लब अफ चितवन न्यू भोइसेस गर्‍यो आमाहरुलाई सम्मान
नयाँ वर्षसँगै भरतपुर अस्पतालमा क्याथल्याब
पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : गृहमन्त्री लेखक
भारतीय नागरिकता त्याग गर्दै ललित मोदी
महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
एलटिके हवेली दरवार भरतपुरमा दिनभर भीड
आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा, १४ क्लबले भाग लिदै
ओम शान्ति एकेडेमीको वार्षिकउत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग
पशुपति विकास कोष र काठमाडौं महानगरबीचको सम्झौता खारेज
डडेल्धुरा पुगेर गृहमन्त्रीले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .