‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

काठमाडौँ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्वबजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ । 


यस संस्करणमा दर्शकले पाँच दिनभित्र ४० देशका ८८ चलचित्र हेर्ने पाउने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।  चलचित्रकर्मीहरूसँग अन्तरक्रिया, युवा पुस्ता र एआई (कृत्रिम बुद्धिमत्ता) चलचित्रलाई प्राथमिकतासहित आयोजना हुने उक्त महोत्सव ‘विश्वभरका कथाहरुको उत्सव’ भन्ने नारा राखिएको अध्यक्ष पाठकले बताउनुभयो । 


उहाँले भन्नुभयो, “हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौँ । निफलाई युवामैत्री बनाउने हाम्रो प्रयास हो, युवा मेकरहरूलाई प्रोत्साहन गर्न हामीले एआई चलचित्र निर्माण कार्यशाला लगायतका सत्र राखेका छौँ । युवा दर्शकमा आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ ।”


अध्यक्ष पाठकका अनुसार कान्स, बर्लिन, भेनिस, ट्राइबेका, सङ्घाइ, लोकार्नो, बुसान र गोवा जस्ता विश्व प्रसिद्ध अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत चलचित्र, छोटा चलचित्र, वृतचित्रहरू यसपटक महोत्सवको मुख्य आकर्षण हुन् । महोत्सवमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार ५०० अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । राष्ट्रिय तथा अन्तरराष्ट्रियबाट कुनै एक चलचित्रलाई ‘अन्तरराष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ ।


नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट  चलचित्रलाई रु एक लाख र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०÷५० हजार र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा सर्वोत्कृष्ट अन्तरराष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तरराष्ट्रिय लघुचल चित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको  चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । 

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’ : अभिनेता मल्ल
मेला महोत्सवमा गायिका कला लम्सालको व्यस्तता
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल
बढ्दो उमेरले अनुभवी बनाएको छ : अभिनेत्री बसुन्धरा भुसाल
२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
‘परान’ आजदेखि प्रदर्शनमा
फिल्म 'कल्ली'को तीन पोस्टर सार्वजनिक
फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक
वरिष्ठ गायक आनन्द कार्की भारतको शान्तिवनमा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित
बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण
राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक
दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार
कस्तो छ दसैँका अवसरमा प्रदर्शनरत तीन चलचित्रको व्यापार ?
आनन्द कार्की र ममता गुरुङको ‘जाली रुमाल फुलबुट्टे' रिलिज
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को शीर्षक गीत (टाइटल ट्र्याक) सार्वजनिक
चलचित्र ‘वरिष्ठ बलराम’ को पोस्टर र टिजर सार्वजनिक
करिश्मा मानन्धरको तीज सन्देशः “महिला समाजको आधारस्तम्भ हुन्”
ऋतिक रोशन अब फिल्म निर्देशनमा देखिने, कृषको मास्क निर्माणको यस्तो छ रोचकता
सगरमाथा आरोहणको कथामा ‘जेरी अन टप’
‘धमाल ४’ को सुटिङ सुरू, अजय देवगन र इशा गुप्ता आगो लगाउन तयार
गाउँको सेट बनाईएको चलचित्र काजी´को शुभमुहर्त
शाहरूखको छोराको बलिउडमा डेब्यु, हेर्नुहाेस् पहिलो पोस्टर
तीनवटा पोस्टरसहित ‘कोशोढुङ्गा’को लिरिकल कविता सार्वजनिक
फिल्म खेले बापत शुल्क, तलब नलिने यी हुन पाँच कलाकार
शाहरूख खानको छिमेकी बन्दै अमिर खान, लिएँ नयाँ फ्लाट
प्रेम र बैंशका कुरा गर्ने ‘कोशोढुङ्गा’को गीत ‘भंगेरा भगेरी’ सार्वजनिक
'सुनको चुरा' बोलको तीज गीत सार्वजनिक
शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ
सदाबहार वरिष्ठ गायक आनन्द कार्कीको ‘मुसुक्क हाँसी लजाउने’ सार्वजनिक
साउदी अरबले बनाउने ५ महत्वकांक्षी फिल्म कस्ताे हुनेछ ?
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्म 'चमेलीको पोइ' को फर्स्टलुक सार्वजनिक
१२औ छायाँछवि तीज म्यूजिक अवार्डको दर्ता आव्हान

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .