काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानले मलखाध नपाएको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बाँस्कोटाले तत्काल मल उपलब्ध गराउन पनि माग गरेका छन् ।
‘धान रोप्ने बेला भइसक्यो तर अहिलेसम्म किसानले मलखाध पाएका छैनन्,’ उनले संसदमा भने, ‘नेपालको एउटा अभिशप्त इतिहास दोहोरिन्छ, असार लागे पछि मन्त्री र मल हराउँछ, तत्काल मलखाध उपलब्ध गराइयोस् ।’
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .