काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ १६ देखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो ।
उहाँले बोर्डको बढ्दो वित्तीय सङ्कटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको बताउनुभयो ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले बोर्डमा ३६ वटा निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए । उहाँका अनुसार बोर्डमा ५०५ स्वास्थ्य संस्थामध्ये ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्था बीमा बोर्डमा आबद्ध छन् ।
उहाँले बोर्डको सङ्कट टार्नका लागि व्ययभार तत्कालका लागि निजी स्वास्थ्य संस्थामा बीमा कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ ।
यस्तै थप प्रतिसदस्य रु ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बिमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ बीमित रहेका छन् ।
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .