देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्ने गरी काम गर्नुको विकल्प छैन : महामन्त्री थापा

काठमाडौँ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्न र युवा पुस्तामा टुटेको विश्वास पुनर्जागृत गराउन काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।बिपी कोइरालाको जीवनकथामा आधारित रहेर लेखक शुभाष घिमिरेले लेख्नुभएको उपन्यास ‘सान्दाजु’ लोकार्पण समारोहमा उहाँले विश्वास जगाउने गरी कांग्रेसले नै काम गर्नुको विकल्प नरहेको बताउनुभयो । 

    
महामन्त्री थापाले भन्नुभयो,“युवा विदेशिनु नौलो कुरा होइन, आउने जाने क्रम चलिरहन्छ तर देश बन्दैन भन्ने भाष्य निर्माण भएर बाहिरिनु डरलाग्दो हुन सक्छ । त्यसैले अब सानातिना कुरामा अल्झिनुभन्दा पनि यो अफ्ठ्यारोबाट निकास दिन हामीले आफ्नो ठाउँबाट काम गर्नुपर्छ । हामीलाई भाग्ने सुविधा छैन, निकास दिनुको विकल्प अन्य कुनै बहाना हुनसक्दैन ।”

    
उहाँले कांग्रेस तीनै तहको सरकारमा रहेर पनि कार्यकर्तामा खुसीभन्दा बढी छटपटाहट र गुनासो रहेको उल्लेख गर्नुभयो ।  “नेपाली कांग्रेसका लागि महत्वपूर्ण कुरा सत्ता वा शक्ति रहेनछ किनकि देशकै ठूलो पार्टी बन्दा खै त हामी उत्साहित भएको ? त्यसकारण अब राष्ट्रिय शक्ति बन्नुपर्छ । राष्ट्रिय शक्ति भनेको राष्ट्रको समस्या बुझ्ने, थाहा पाउने र त्यसलाई सम्बोधन गर्न सामथ्र्य राख्ने हुनुपर्छ”, महामन्त्री थापाले भन्नुभयो । 

 

उहाँले बिपी कोइरालाको विषयमा धेरै पुस्तक आइसकेकाले नयाँ उपन्यास लेख्नु आफैँमा चुनौती रहेको भन्दै लेखक घिमिरेको प्रयासलाई धन्यवाद दिनुभयो । “साहित्य जगत्मा बिपीबारे धेरै लेखिएका छन् तर उहाँको जीवनकथालाई काल्पनिक पात्रसँग जोडेर उपन्यास तयार गर्नु चुनौतीपूर्ण नै थियो । पुस्तकले लोकतान्त्रिकसँगै अन्य विचार राख्नेलाई पनि विविध कुराहरू बारेमा जानकारी दिन्छ”, थापाले भन्नुभयो । 

    
लेखक घिमिरेले साहित्यकार र मानवतावादी चिन्तकका रूपमा उपन्यासले बिपी कोइरालालाई चिन्ने बताउनुभयो । “मैले साहित्यकार, राजनीतिज्ञलगायत विविध रूपमा परिचित बिपी कोइरालाको जीवनीबाट प्रेरित भएर उपन्यास लेखेको छु । आज यहाँ पाएको सुझाव र प्रशंसाले मलाई हौसला मिलेको छ”, उहाँले भन्नुभयो । उक्त पुस्तक लोकार्पण समारोहको आयोजना ग्लोबल वुमन नेटवर्क र जय नेपाल इन्टरनेशनल फाउण्डेशनले गरेको थियो । 

‘एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’
प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने
भरतपुरमा वाईसिएलका २२ युवा एमाले प्रवेश
आन्दोलन शान्तिपुर्ण हुन्छ, भडकाउने काम नगर्नुहोस् : कमल थापा
आज बागमती प्रदेशमा सार्बजनिक बिदा
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
किर्तिपुर क्रिकेट मैदान निर्माण ढिलाईबारे प्रधानमन्त्रीको गम्भीर चासो
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति
केपी ओलीले गिज्याउनेको भविश्यको अंधकार हुनेछ : राधिका शाक्य
सरकारले यसै बर्ष संविधान संसोधन गर्ने
नेकपा (एस) चितवनद्वारा प्रजिअ समक्ष १६ बुँदे मागपत्र पेश
श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
बिमा कार्यक्रममा आँखाको स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री
कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ : सभापति देउवा
‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मिलेर काम गरौँ’
सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन्: प्रधानमन्त्री
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ
‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
एमालेले आज काठमाडौंमा युवा महोत्सव गर्दै
युुएइका उपप्रधानमन्त्री सँग ओलीले भने, ‘नेपालमा लगानी गराउनुहाेस्'
निराश हुनु पर्दैन, २०८४ मा एमाले निर्णायक शक्ति भएर आऊँछ : प्रधानमन्त्री केपी शर्मा ओली
एमालेले बैशाख ११ को युवा भेला बिशेष हुने
समृद्धिको यात्रामा भरतपुर २२
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री
चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौं : प्रधानमन्त्री
शिलान्यास बहिस्कार गर्ने मेयर रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा
आफैले शिलन्यास गरेको सडक उदघाटन गर्न प्रधानमन्त्री चितवन जाँदै
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .