पहिलो पटक नेपाली महिला किक्रेट टोली ग्लोबल छनौटमा

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ । आज भएको खेलमा सुपर–३ मा पुग्न सफल युनाइटेड अरब इमिरेटस (युएई) लाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो ।


आज भएको सुपर–३ अन्तर्गतको दोस्रो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहदैँ ग्लोबल छनोटमा प्रवेश गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

 

यसअघि युएईले नेपाल सामु १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै पूरा गरेकाे हाे ।

 

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३०, रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाउन सफल भएका थिए भने जवाफमा युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले समान एक एक विकेट लिए ।

 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रनको योगफल तयार पारेको थियो । युएईका लागि इशा ओजाले ३९, तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए ।

 

नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमति ऐरीले एक विकेट लिए । अब नेपालले सुपर-३ को आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डको सामना गर्नेछ । 

यो खेलमा जित निकाल्ने टोलीले आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने अवस्था थियो, त्यसैले दुवै टोली जित्नै पर्ने दबाबमा आजको खेल खेलिरहेको थिए ।
 

 

रोनाल्डोको अल नासर ९-०ले बिजयी
अष्ट्रेलियाका पुर्व क्रिकेटर म्याकगिल कोकिन मुद्दा दोषी ठहर, तोकियो सजायँ
एन्फाको साधरणसभा सुरू, गणेश थापाले पाएनन प्रवेश
किर्तिपुर क्रिकेट मैदान निर्माण ढिलाईबारे प्रधानमन्त्रीको गम्भीर चासो
कोहलीकाे नयाँ किर्तिमान, टि-२० मा ३०० छक्का हान्ने पहिलो भारतीय
साफ यु-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
आईपीएलमा आतंकबादको बिरोधः हैदारबाद–मुम्वई का खेलाडीहरू कालोपट्टी लगाएर खेल्ने
गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको बिकासमा लाग्छु’
क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै
एनएसएल फुटबल : चितवनको लगातार दोस्रो जित
नेपाल बिरूद्दको खेलमा अफगानिस्तानले टस जित्यो, नेपाल बलिङमा
चितवनसँग पोखरा पराजित
७ महिना पछि एन्फाको केन्द्रिय कार्य समितिको बैठक, १६ अजेन्डामा छलफल हुदैँ
पीएम कपमा कर्णालीमाथि गण्डकी ४ विकेटले विजयी
शहिद स्मारक बी डिभिजिन लिग आजदेखि
आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा, १४ क्लबले भाग लिदै
नयाँ प्रशिक्षक रसले छाने सिंगापुर र मलेसियाविरुद्ध खेल्ने प्रारम्भिक ३० खेलाडी
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै
आजिख्य रहाने बने कोलकोताको कप्तान
अष्ट्रेलियाली म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक
च्याम्पियन्स ट्रफी: आज भारत र न्यूजील्याण्ड खेल्दै
रियल बेटिससँग रियल म्याड्रिड पराजित
मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा
केपी ओली एफसी र मछिन्द्र क्लब दोस्रो सेमिफाइनलमा आज भिड्दै
त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा
कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान
च्याम्पियन्स ट्रफीमा आज अफगानिस्तान र अस्ट्रेलिया भिड्दै
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
साम्बा र रेखा आ-आफ्नो क्लबमा फर्किए
एन्ड्रिकको गोलमा रियल म्याड्रिड विजयी
रेणुका नगरकोटी बनिन् अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी
फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .