बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन। जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा यो सङ्ख्या बढेको हो ।


जनस्वास्थ्य कार्यालयका जनस्वासथ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रतिहजार बालबालिकामा ४३१ जनामा यो समस्या देखिएको थियो । उहाँका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा यो सङ्ख्या ३९६ रहेको थियो । हरेक वर्ष यस्तो रोगका बालबालिका बढ्दै गएको भन्दै उहाँले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न अनुरोध गर्नुभयो ।


विशेषगरी आर्थिक अपस्था कमजोर भएको र ग्रामीण क्षेत्रका बालबालिकामा यो रोगको समस्या देखिएको उहाँको भनाइ छ । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका,  माडी नगरपालिकाका बालबालिकामा यो रोगको सङ्क्रमणदर वढ्दो रहेको छ । अहिले जिल्लामा पाँच वर्षमुनिका बालबालिका ४५ हजार ६०८ जना छन् ।


यो सङ्क्रमणमा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको श्वासप्रश्वास प्रतिनिमनेट ४० पटकभन्दा बढी हुन नहुने, दुई महिनादेखि एक वर्षसम्मको ५० पटक र दुई महिनामुनिका बालबालिकाको ६० पटक हुनुपर्ने हुन्छ । श्वासप्रश्वासमा समस्या देखिँदा रुघा, खोकी लाग्ने, निमोनिया हुने र बच्चाको कोखा हानेकोजस्तो हुने, खान मन नगर्नेलगायतका लक्ष्यण देखिए जटिल समस्या भएको मान्ने गरिन्छ । यस्तो समस्या देखिएका बालबालिकालाई तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।


भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा किरण देवकोटा छिटो श्वासप्रश्वास हुनु रोग नभए पनि रोगको लक्ष्यण भएको बताउनुहुन्छ । यस्ता बालबालिकामा निमोनिया, स्वासनलीमा समस्यालगायतका कारण हुने गर्दछ । मौसमी फ्लुका कारण बालबालिकामा यो समस्या हुने उहाँले जानकारी दिनुभयो । यो सङ्क्रमणबाट बच्नका लागि चिसो, धुवाँ, धुलोबाट बच्नुपर्छ ।

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
विश्व फार्मासिस्ट दिवस : औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा
पद छोटो, कामको प्रभाव दीर्घकालीन : ९ महिना १६ दिनमा उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा के गरे ?
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल
चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित
बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी
भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप
एक वर्षमा २७४ जनामा डेङ्गु
भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
नेपाली औषधि कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
सरकारी अस्पतालमा बिरामीका भार
रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने
‘औषधिको गुणस्तरमा भिन्नता छैन’
निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार
निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन
स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन
आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या
भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी
कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .