मालढुङ्गा पुलको मर्मत थालियो

बागलुङ। कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि असोज ११ गतेदेखि बागलुङ सडक सञ्जालबाट विच्छेद भएको छ । 

    
पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम थालिएको छ । बागलुङ खण्डमा रहेको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गमा गुड्ने यातायातका साधनले पनि सोही पुल प्रयोग गर्दै आएका थिए । 

    
पुलमा क्षति पुगेपछि लामो दूरीका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारण, बिरामीको लागि वैैकल्पिक सडकको पहुँच नहँुदा समस्या भएको छ । 

    
पोखरा तथा अन्य जिल्लाबाट बागलुङ आउजाउ गर्ने यात्रुले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता आइपरेको छ । ठूला सवारीसाधनका लागि वैकल्पिक मार्ग नहुँदा यातायात व्यवसायी मर्कामा परेका छन् । दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि निर्माण सामग्री तथा अन्य व्यापारिक वस्तुको आयातमा प्रत्यक्ष प्रभाव परेको छ । 

    
नयाँ पुल नजिकैको सडक मर्मत सकिएकाले म्याग्दीसम्म यातायत सञ्चालनमा आएको छ । मालढुङ्गाको पुल मर्मतको काम सुरु गरिएको सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । 

    
मूल संरचनामा बाढीले क्षति नपु¥याए पनि पुलसँगै जोडिएको ‘वाल फिलिङ’ कटान गरेकाले तत्कालका लागि ग्याबिन जाली लगाउने तयारी थालिएको छ । “चाडबाडको मुखमा पुल नहुँदा धेरै जिल्लामा असर गरेको छ, एक हप्ताभित्र पुल सञ्चालनमा ल्याउने गरी काम थालिएको छ,” अधिकारीले भन्नुभयो ।

    
पानीको बहाव घटेपछि मात्र स्थायी रुपमा पुल मर्मत गर्न सकिने उहाँले जानकारी दिनुभयो । अहिले अस्थायी रुपमा पुल सञ्चालनका लागि काम थालिएको उहाँको भनाइ छ ।

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
नारायणी नदीले सतर्कता तह पार गर्‍यो
दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु
प्रतिकूल मौसमका कारण उडान प्रभावित
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान
भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु
भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु
समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन
सुनको मूल्य घट्यो, चाँदीको स्थिर
सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो
ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना
चितवनमा दोस्रो बिल्ड नेपाल एक्स्पो हुंँदै
विपद्का घटना बढे, एकै दिन ४१ घटना
सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
अन्तरराष्ट्रिय हवाई भाडा कम गर्न माग
घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य
सुनको मोल तोलामा आठ हजारले वृद्धि
सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .