भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

चितवन । भरतपुर विमानस्थलमा ठूला जहाजको उडानलाई निरन्तरता दिने प्रयास भइरहेको छ । विभिन्न एयरलाइन्सले बेलोबलामा ठूला जहाज उडान गरेपनि नियमित गरेका छैनन् ।
 
    
केही महिनाअघि तामझामका साथ श्री एयरलाइन्सले परीक्षण गरेर ८० सिटे जहाज उडान सुरु गरेको थियो । तर, अहिले बन्द भएको छ ।
 
    
सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयास सुरु गरेको हो । हाल ४७ सिटको एटिआर–४२ बाट उडान भर्दै आएको बुद्ध एयरले आज ७२ सिट क्षमताको एटिआर–७२ बाट परीक्षण उडान गरेको छ ।
 
    
भरतपुर विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार २०० मिटर छ । एटिआर ७२ जहाजलाई सहज उडान र अवतरणका लागि कम्तीमा एक हजार ५०० मिटर धावनमार्ग आवश्यक पर्छ ।
 
    
एटिआर–७२ जहाजको अवतरणपछि क्याप्टेन प्रमोद थापाले सहज रुपमा उडान र अवतरण गर्न सकिएको बताउनुभयो । जहाजमा सँगै रहेका नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको निर्देशनअनुसार आफूहरुले जहाज उडान र अवतरण गरेको प्रतिक्रिया उहाँले दिनुभयो ।
 
    
सोही अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशक देवचन्द्रलाल कर्णले परीक्षण उडानको सम्पूर्ण विवरण अध्ययन गरी निर्णयमा पुगिने बताउनुभयो । सम्भावना रहेमा दुई महिना भित्रमा नियमित उडान गर्न सकिने उहाँको भनाइ छ ।
 
    
बुद्धएयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार हाल दैनिक सात उडान काठमाडौँ–भरतपुर र एउटा भरतपुर–पोखरा एटिआर–४२ बाट उडान हुँदै आएको छ । 
 
    
धावनमार्गसँगै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने योजना धेरै अघिदेखि गरिएपनि सार्थकता पाउन सकेको छैन । 
---

एकैदिन ५ हजारले बढयो सुनको मुल्य
हुरीका कारण चितवनमा २० प्रतिशत केराखेतीमा क्षति
चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
एकैपटक ३ हजारले बढयो सुनको मुल्य
काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान, दैनिक प्रशोधन क्षमता ५ हजार लिटर
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
तोलामा एक हजार सात सयले बढ्यो सुन
सुनको भाउ स्थिर रहदाँ चाँदी भाउ भने बढयो
पेट्रोलियम पदार्थको मूल्यो घट्यो
नेपाल लेयर्स कुखुरापालक संघद्वारा अण्डाको मूल्य बढाउने निर्णय
आज बढ्यो सुन चाँदीको भाउ २ सय रुपैयाँले बढ्याे, कतिमा हुँदैछ कारोबार ?
७ हजार बढीले घटयो सुनको मुल्य
काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्व २१ करोड राजस्व संकलन
तीन हजार बढी करदाताले बुझाएनन् विवरण
सुनकाे भाउ एकै दिन ६ हजार ९ सयले बढयाे
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोडको ऋणपत्र आजबाट बिक्री खुला
कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
आज सुनको भाउ ८०० रुपैयाँले घट्यो, चाँदी भने स्थिर
सुनको मुल्य २७ रूपैयाँले बढयो, पुग्यो १ लाख ८७ हजार
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुन चाँदी दुबैको घटयो मुल्य
नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम
विश्वको सबैभन्दा महंगो 'निलाे हिरा' को हुदैँछ लिलामी
एकैदिन सुनको भाउ ५ हजार ७ सयले बढयो
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
चैते दसैँमा बागलुङ कालिका मन्दिरमा ४२ लाख भेटी सङ्कलन
अटोमोबाईल क्षेत्र आन्तरिक रोजगार दिने ठूलो क्षेत्र हो : श्रम मन्त्री
चितवनका २७९ उद्योग बन्द
मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्याे त, सपना देख्नु पर्छ : प्रधानमन्त्री

चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2025, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .