चितवन । भरतपुर महानगरपालिकाले जिल्लामा सद्भाव र्यालीको आयोजना गरेको छ । भरतपुरको चौबीसकोठीबाट पुलचोकसम्म आयोजना गरिएको सद्भाव र्यालीपछि जिल्ला समन्वय समिति चिवनका प्रमुख नारायणप्रसाद अधिकारीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुभाषिक विविधताबीच एकतामा बाधिएको मुलुकका रूपमा रहेका बताउनुभयो ।
पछिल्लो समय सुनसरी, सिरहालगायत देशका विभिन्न जिल्लामा देखिएका घटनाप्रति चिन्ता व्यक्त गर्दै उहाँले समाजमा आपसी विश्वास, सहिष्णुता र सामाजिक एकतालाई थप मजबुत बनाउन सबैलाई आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले शान्ति, सद्भाव र एकताका लागि शान्तिपूर्ण ऐक्यबद्धता र सहकार्य आवश्यक रहेको बताउनुभयो । नेपाल विविधताले सम्पन्न बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएकाले यही विविधता राष्ट्रिय एकताको आधारका रूपमा रहेको बताउनुभयो ।
र्यालीमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक सङ्घसंस्थाका अगुवा, नागरिक समाज, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता थियो ।
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .