भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

चितवन। जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम सुरुआत गरिएको छ । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडानको काम सुरु गरिएको हो ।


ट्राफिक लाइट जडानका लागि सोमबार पुलचोक र सहिदचोकमा काम सुरु गरिएको निर्माण कम्पनीका सञ्चालक सुमन थापाले जानकारी दिनुभयो । यसअघि विभिन्न छ स्थानमा पोल  राख्ने काम सम्पन्न गरेर बत्ती जडानको काम सुरु गरिएको हो ।


फराकिलो सडक बनेपछि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । सङ्घीय सरकारको बजेटमा पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक लाइट राख्न लागिएको हो । सवारी आवागमन बढी हुने ठाउँमा ‘ट्राफिक लाइट’ राखिएको हो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख राकेश महर्जनका अनुसार गत आर्थिक वर्षमा हुनुपर्ने काम निर्माण कम्पनीको ढिला सुस्तीप्का कारण समय लागेको हो । उहाँले भन्नुभयो, “अब बत्ती राख्ने काम सुरु भएको छ । चाँडै सम्पन्न हुन्छ ।” जेनजी प्रदर्शनका कारणसमेत केही समय ढिला भएको उहाँले बताउनुभयो । बीचमा ठेकेदार कम्पनीले बत्ती ल्याउन ढिला गरी म्याद थपका लागि निवेदन दिए पनि विभागले अस्वीकार गरेको थियो ।


अहिले निर्माण कम्पनीलाई दैनिक जरिवाना लगाउँदै काम गराइएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाका छ चोकमा बत्ती राख्नका लागि विसं २०८२ साल साउन २० मा मूल्य अभिवृद्धि करसहित रु एक करोड २३ लाख १४ हजार २६० ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०८२ चैत २० गतेसम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो ।


भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले धेरै पहिले देखिनै महानगरपालिकाले सडक विभागलाई महानगरको सवारी उच्च चाप र जोखिम देखिएका ठाउँहरुमा ट्राफिक लाइट राख्न अनुरोध गर्दै आएको थियो । सोहीअनुसार विभागले काम थालेको भए पनि ढिलाइ भएको उहाँले बताउनुभयो । ‘ट्राफिक लाइट’ जडानसँगै सहज आवागमन र दुर्घटनामा कमी आउने उहाँको भनाइ छ ।

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .