इ चितवन खबर
October 29, 2026
चितवन। जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन् ।
यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँको एक निजी ट्रायल सेन्टरमा हुँदै आएको सेवामा रोक लगाएपछि लिखित परीक्षा तथा सीप परीक्षा बन्द भएको हो । परीक्षा रोकिँदा पुनःसीप परीक्षा (रि–ट्रायल) दिने ८०० जनाको परीक्षासमेत रोकिएको छ ।
यस्तै, साप्ताहिक रूपमा रि–ट्रायल दिने र नियमित परीक्षा दिने करिब दुई हजार सेवाग्राही मर्कामा परेका हुन् । उहाँका अनुसार सो सेन्टरमा गरिएको ठेक्का रद्दगरी पुनःठेक्का प्रक्रिया सुरु गर्न अदालतले आदेश दिएपछि परीक्षा रोकिएको हो । मन्त्रालयबाट कुनै निर्देशन नआएका कारण बोलपत्र आह्वान गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन ।”
अहिले कार्यालयले सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र, रुट परमिटलगायत कामबाहेक अन्य काम गर्न सकेको छैन । यहाँ ट्रायल सेन्टर सञ्चालनमा हुँदा एकपटकमा ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको लिखित तथा सीप परीक्षा दिने गर्दथे ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 29, 2026
October 28, 2026
October 28, 2026
October 27, 2026
October 27, 2026
October 25, 2026
October 23, 2026
October 22, 2026
October 22, 2026
October 20, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .