घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

गण्डकी। तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको चाप बढेको छ । कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा आवास पाउन कठिन भएको छ ।


अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल बढेको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरहेका छन् । पर्यटकको चापले होटलमा कोठा पाउन कठिन भएपछि समितिले अग्रिम ‘बुकिङ’ गरेर मात्र भ्रमणमा आउन आग्रह गरेको छ ।


घान्द्रुक पुग्नेमा अधिकांश आन्तरिक पर्यटक छन् भने भारतीय तथा अन्य मुलुकका पर्यटकको आगमन पनि भइरहेको छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविर र पुनहिल–घोरेपानी  पदमार्गमा पर्ने भएकाले पदयात्रीका लागि विश्रामस्थलसमेत हो ।


अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनोरम दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति, गाउँले परिवेश र स्थानीय आतिथ्य घान्द्रुकका मुख्य आकर्षण हुन् । सडक पहुँच विस्तार भएपछि पछिल्लो समय आन्तरिक पर्यटकको आगमन थप बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवस्थापन समितिका अनुसार गाउँमा रिसोर्टसहित ८० होटल र ३५ घरबास सञ्चालनमा छन् ।


मादी गाउँपालिका–१ स्थित सिक्लेस गाउँमा पनि पर्यटकको चाप उस्तै छ । पर्यटक सूचना केन्द्रका अनुसार तिहारको भोलिपल्ट एक हजार तीन सय २४ जना पर्यटक सिक्लेस पुगेका थिए । एकैपटक ठूलो सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा कठिनाइ भएको स्थानीय व्यवसायीले बताएका छन् ।


नमस्ते गेस्ट हाउसका सञ्चालक झरना गुरुङका अनुसार होटल आइतबारसम्मका लागि बुकिङ भइसकेको छ । नयाँ पाहुनालाई कोठा उपलब्ध गराउन कठिन भएपछि पर्यटकलाई होटलको अवस्था बुझेर अग्रिम बुकिङ गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।


हिमालको काखमा अवस्थित सिक्लेस प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति र परम्पराका लागि परिचित छ । एकै बान्कीका ढुङ्गा र जस्ताका छाना भएका घर, ढुङ्गे आँगन र बाटा, पुराना शैलीका झ्यालढोका तथा साँघुरा गल्लीले गाउँको मौलिक पहिचान झल्काउँछन् । मादी खोला, हरियाली वनपाखा र हिमाली दृश्यले जोकोही मन्त्रमुग्ध हुन्छन् ।


गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, मौलिक भेषभूषा, नाचगान र स्थानीय परिकार यहाँका थप आकर्षण हुन् । सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या पनि बढेको स्थानीय व्यवसायी बताउँछन् । दुई दशकअघि सामुदायिक घरबासबाट सुरु भएको यहाँको पर्यटन व्यवसाय अहिले होटल र घरबाससम्म विस्तार भएको छ ।


पोखरा महानगरपालिकासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ को ल्वाङ गाउँमा पनि पर्यटकको आगमन बढेको छ । तिहारको भोलिपल्टदेखि होटल र घरबासमा पाहुना भरिएपछि व्यवस्थापनमा कठिनाइ भएको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मञ्जु गुरुङले बताउनुभयो ।


विसं २०६७ मा सात घरबाट सुरु भएको ल्वाङको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ । यहाँका घरबासमा एकै रातमा ४०० सम्म पाहुनालाई आवासको व्यवस्था गर्ने  क्षमता छ । प्रकृति र गुरुङ संस्कृतिको अनुभव लिन चाहने पर्यटकका लागि ल्वाङ लोकप्रिय गन्तव्य बन्दै गएको छ ।


समुद्र सतहबाट एक हजार ४०० मिटर उचाइमा रहेको ल्वाङबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलामा देखिने सूर्योदयको दृश्य आकर्षक मानिन्छ । गाउँको सिरानमा एक हजार २०० रोपनी क्षेत्रफलमा फैलिएको चियाबारी यहाँको अर्को प्रमुख आकर्षण हो । चियाबारी, गुरुङ संस्कार, रैथाने खाना र स्थानीय जीवनशैलीको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक गाउँ पुग्ने गरेका छन् ।


ल्वाङमा पर्यटकले स्थानीय परिकार बनाउने तरिका, खेतीपाती र निगालोबाट डोको तथा सेखुजस्ता सामग्री बनाउने सीपबारे जानकारी लिन पाउँछन् । अन्नपूर्ण आधार शिविर र मर्दी पदमार्ग जाने पर्यटकले पनि यहाँ विश्राम गर्ने गरेका छन् । नजिकैको पोखरा क्यानोनिङ र घलेल गाउँले यस क्षेत्रको पर्यटकीय आकर्षण थपेका छन् ।


पोखराबाट घान्द्रुक, सिक्लेस र ल्वाङसम्म सडकबाट पुग्न सकिने भएकाले यी गाउँको भ्रमण सहज बनेको छ । प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा र घरबासको अनुभवले यी गन्तव्य पर्यटकको रोजाइमा पर्दै आएका छन् । तिहार र छठको बिदासँगै बढेको पर्यटक आगमनले स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाएको छ भने पर्यटकको चाप व्यवस्थापन र पर्याप्त आवासको उपलब्धता चुनौतीका रूपमा देखिएको छ ।

तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना
तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह
चितवनमा मह उत्पादनमा कमी
नारायणगढ-मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्रथमिकतामा
लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन
चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
सुनचाँदीको मूल्य आज पनि बढ्यो
बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
हुरीका बेला सतर्कता अपनाउन आग्रह
ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
अनधिकृत लिङ्क नखोल्न आग्रह
ट्राफिक कारबाहीबाट छ लाख ४१ हजार राजस्व सङ्कलन
उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत कागजात ढुवानी
उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत कागजात ढुवानी
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने
सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .