इ चितवन खबर
November 21, 2025
काठमाडौँ। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपालका क्रिकेट खेलाडीको वृत्तिविकासका लागि नेपाल प्रिमियर लिग (एनपिएल) महत्वपूर्ण प्लेटफर्म भएको बताएका छन् ।
एनपिएलअन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले प्रतियोगिताका कारण धेरै नेपाली खेलाडीले लाभ लिने बताए ।
कप्तान पौडेलले यो संस्करणमा जीतसँगै सुरुआत भएकाले आत्मबल बढेको उल्लेख गरे । “पहिलो खेलमा विदेशी खेलाडीले पनि राम्रो प्रदर्शन गरे, यसका लागि दुई÷तीन महिनादेखि नै काम भइरहेको थियो, स्वदेशी र विदेशी खेलाडीबीच समन्वय भएमा नतिजा सकारात्मक निस्कन्छ”, उनले भने ।
त्यसैगरी, उनले नेपालमै फ्लडलाइटमा खेल्ने सपना पनि पूरा भएको बताए । उनले भने, “फ्लडलाइटमा खेल्ने हाम्रो सपना एनपिएलमार्फत पूरा भएको छ, विदेशमा फ्लडलाइटमा खेल्न सुरुमा समस्या हुन्थ्यो, अब हामीलाई सहज हुन्छ ।”
एनपिएलमा विदेशी खेलाडी पनि रहेको र उनीहरूबाट नेपाली खेलाडीहरूले सिक्नुपर्नेमा उनले जोड दिए । उनले भने, “नेपाली खेलाडीसँग सीप छ भने विदेशी खेलाडीसँग सीप र अनुभव दुवै छ, हामीले उनीहरुबाट धेरै कुरा सिक्न सक्छौँ ।”
चितवन राइनोजका रवि बोपराले नेपालमा फ्लडलाइट र प्याराफिट बनेकामा खुसी व्यक्त गरे । इङ्गल्याणडका बोपरा पहिलो संस्करणमा पनि चितवन राइनोजबाट एनपिएल खेलेका थिए ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
February 24, 2026
February 21, 2026
February 17, 2026
December 12, 2025
December 07, 2025
December 06, 2025
December 02, 2025
December 01, 2025
November 28, 2025
November 28, 2025
चितवन खबर एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .