नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा सकियो

इ चितवन खबर

November 10, 2025

चितवन। नारायणगढ जेसीज र नेपाल पत्रकार महासंघ चितवन शाखाबीच भएको मैत्रीपूर्ण फुटसल खेल बराबरीमा सकिएको छ ।
जेसीज सप्ताहको दोस्रो दिन सोमबार विहान क्यासी स्पोर्टस् बाह्रघरेमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो ।

 

नारायणगढ जेसीजले आइतबारदेखि ‘जेसीज सप्ताह–२०२५) सुरु गरेको हो । साप्ताहिक रुपमा विभिन्न कार्यक्रम अन्तरगत वर्षेनी पत्रकार र जेसीजबीच मैत्रीपूर्ण खेल हुँदै आइरहेको छ । जेसीज सप्ताहका मुल संयोजक सन्तोष पण्डितले विगतको सहकार्यलाई निरन्तरता दिँदै मैत्रीपूर्ण खेल आयोजना गरिएको बताए ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले निरन्तर पत्रकार महासंघलाई सम्झिदै आएकोमा जेसीजलाई धन्यवाद दिए । उनले आगामि दिनमा पनि यसरी नै सहकार्य हुनेमा विश्वास व्यक्त गरे । नारायणगढ जेसीजका अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नारायणगढ जेसीजका पूर्व अध्यक्ष गोपाल भट्टराई, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारी, कार्यक्रम संयोजक विमिशमान शाक्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कपिल श्रेष्ठले संचालन गरेका थिए ।

 

नारायणगढ जेसीजको सप्ताह उद्घाटनको अवसरमा स्वर्ण स्तम्भ समेत उद्घाटन गरिएको थियो । जेसीज सप्ताह अन्तरगत भोलि (मंगलबार) जेसीज सचिवालयमा भरतपुरका सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ । उक्त दिनको कार्यक्रम संयोजक जेसी अस्वीन पौडेल रहेका छन् ।

 

बुधबार इच्छाकामनाको कुरिनटारमा नारायणगढ जेसीजको सहयोगमा निर्मित जेसीज गाउँमा आवस्यक शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम आयोजन गरिने छ । उक्त कार्यक्रमको संयोजक संजीव पौडेल रहेका छन् । कार्तिक २७ गते चितवन उद्योग वाणिज्य संघमा भरतपुरका व्यवसायीहरुलाई केन्द्रित गरेर, नेपाली युवा उद्यमी मञ्च, युवा उद्धअमी मञ्च एवम नारायणगढ़ जेसीजले मातृत्व प्रदान गरेका र छिमेकी शाखाहरु बीच बीजनेश संवाद कार्यक्रम आयोजन गरिने छ । उक्त कार्यक्रमको संयोजक अविनाश खनाल रहेका छन् ।

 

कार्तिक २८ गते सामुदायिक प्रहरी केन्द्र, भरतपुर–३ मा आम सर्वसाधारणलाई पोषण सम्बन्धित जनचेतना दिने उद्देश्यले पोषण विज्ञसँग अन्तक्रियात्मक कार्यक्रम गरिने छ । उक्त कार्यक्रमको संयोजक जेसी सुशील सापकोटा रहेका छन् । कार्तिक २९ गते बिहान ८ बजे देवघाट–५ मा रहेको देवघाट क्षेत्र विकास समितिद्वारा संचालन गरिएको वृद्ध आश्रममा भोजन ग्रहण गराउने कार्यक्रम रहेको छ भने, दिउँसो ४ बजे सचिवलयमा पुरस्कार वितरण तथा जेसीज सप्ताहको समापन कार्यक्रम आयोजन गरिने छ । अन्तिम दिनको कार्यक्रम संयोजक विपिन कंडेल रहेका छन् ।


# चितवन खबर # खेलकुद

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

June 23, 2026

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

June 17, 2026

फिफा विश्वकप-२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

June 16, 2026

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

June 12, 2026

केएमसी अस्पतालले साम्बाको निःशुल्क उपचार गरिदिने

February 24, 2026

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

February 21, 2026

गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता :लुम्बिनी र मधेस प्रदेश भिड्दै

February 17, 2026

एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

December 12, 2025

एनपिएल : लिग चरणको अन्तिम खेल हुँदै

December 07, 2025

एनपिएल : आज दुई खेल हुँदै

December 06, 2025

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .