अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको वडा  अधिवेशनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरुलाई अपिल गर्नुभएको छ ।

    
कांग्रेसको देउवा पक्षीय समूहको १५औँ महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन हुँदैछ । पूर्वसभापति देउवाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको देशभरका वडाहरूको अधिवेशन आज हुन लागेकाले त्यसमा सहभागिताका लागि अपिल गर्नुभएको हो ।

    
नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि कांग्रेसले आठ दशकदेखि ठूलो बलिदान र सङ्घर्ष गरेको स्मरण गर्दै पूर्वसभापति देउवाले यसकारण पनि पार्टीको १५औँ महाधिवेशन निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

    
उहाँले आज जारी गरेको अपिलमा भन्नुभएको छ, “म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका छ हजार ७४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।”

    
कांग्रेस संस्थापन पक्षको महाधिवेशन यही असोज १८ देखि सुरु हुँदैछ भने देउवा संस्थापन इतर पक्षको आगामी मङ्सिर २१ देखि हुने मिति घोषणा गरिएको छ । 

नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन : सभापति देउवा
कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँ
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैन : स्वास्थ्यमन्त्री पौडेल
राप्रपाको खबरदारी सभा आज जनकपुरमा
मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ : प्रधानमन्त्री
आरआरको स्वबियू निर्वाचन चैत १६ गते
परराष्ट्र मन्त्री राणा स्वदेश फर्किइन, भनिन, ‘सरकार परिवर्तन हुदैँन्’
अमेरिकाले आफ्ना नागरिक 'अपहरण' गरेकाे भेनुजुएलाको आरोप
आम नागरिकलाई समस्या परेका वेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ : महामन्त्री थापा
लोडसेडिङका बारेमा उर्जा मन्त्री र कुलमान प्रतिक्रियाले संसद ततायो
एमालेले काठमाडौंमा चैत १८ गते मोटरसाइकल र्‍याली गर्ने
कृषिको आधुनिकीकरण खाधन्नमा आत्मनिर्भर बनाउनु पर्छ : प्रधानमन्त्री
पुर्व राजा शाह गोरखा जाँदै
चैत २४ गते सार्वजनिक बिदा , यस्ता छन मन्त्रीपरिषदका निर्णयहरू
कमल थापाले नवराज सुबेदी समितिलाई दिए मान्यता, तोके पार्टी प्रतिनिधि
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री
अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
को हुन् नेपाल प्रहरीको नयाँ आइजिपीमा दीपक थापा ?
प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता निराजन बम रिहा
मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ : प्रधानसेनापति
स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन
पुर्वपदाधिकारीहरुलाई सुबिधा दिने कानुनको गगन थापाले गरे विरोध
योजना आयोगका पदाधिकारीसँग छलफल : गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
ज्ञानेन्द्र शाहीको प्रचण्डलाई चेतावनी- भट्किला झुठा भाषण गर्दै हिडेमा नेपाली जनताले माफी दिने छैनन्
प्रचण्डको 'धेरै चुरीफुरी' नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी
शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित
देशभरका ८४ क्याम्पसमा स्ववियुको नेतृत्व निर्विरोध
त्रिचन्द्र कलेजको स्ववियुमा नेविसंघबाट सभापति तीन जनाको मनोनयन दर्ता
संविधान र व्यवस्थाप्रति प्रतिबद्ध छौं : गगन थापा
संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री ओली
स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .