प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ । 

    
पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले  जिल्लामै पहिलोपटक स्थापना गरिएको यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादनमा योगदान गर्नेछ ।

    
पोखरा साहसिक पर्यटनको विश्वप्रसिद्ध गन्तव्य हो । पोखरामा प्याराग्लाइडिङ पर्यटनलाई थप व्यवस्थित र विस्तार गर्ने उद्देश्यसहित एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले माछापुच्छ्रे गाउँपालिकासँगको सहकार्यमा रिभानस्थित मैँचेडाँडामा बिहीबारदेखि स्कुल सञ्चालनमा ल्याएको हो ।
     
    
पोखरामा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु भएको लामो समय बितिसक्दा पनि दक्ष पाइलट उत्पादन गर्ने औपचारिक प्रशिक्षण स्कुलको थिएन । प्याराग्लाइडिङका अन्तरराष्ट्रिय खेलाडीसमेत रहनुभएका विजय गौतम, विष्ण्ॉ गौतम, किरण कार्की र अमृत अधिकारीले रु एक करोड ५० लाख लगानीमा स्कुल स्थापना गर्नुभएको हो । प्रशिक्षण केन्द्रका लागि अझै काम बाँकी रहेकाले लगानी अझै बढ्ने बताइन्छ ।

    
स्कुलका सञ्चालक विजय गौतमका अनुसार रिभानस्थित मैँचेडाँडाबाट उडान भरी मर्दीखोलाको किनारमा रहेको अनन्तठाँटीमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।  समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचेडाँडा प्याराग्लाइडिङ उडानका लागि उपयुक्त स्थान मानिएको छ ।

    
यहाँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलासँगै माछापुच्छ्रे गाउँपालिकाका लाहाचोक, ल्वाङ, अस्तामलगायतका पर्यटकीय क्षेत्र तथा पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । “हिमालको सुन्दर दृश्यसँगै उडानको अनुभव लिन सकिने भएकाले रिभानलाई प्याराग्लाइडिङ स्कुलका लागि छनोट गरेका हौँ । लामो प्रक्रियापछि यो सम्भव भएको हो । यसबाट विशेषगरी दक्ष पाइलट उत्पादनमा सहयोग पुग्नेछ भने आगामी दिनमा व्यावसायिक उडानको समेत ढोका खुल्नेछ”, सञ्चालक गौतमले भन्नुभयो ।

    
स्कुलले प्रारम्भिक १५ दिने तालिमदेखि इन्टरमिडियट, क्रस कन्ट्री तथा टेन्डमका टी–वान र टी–टु तहसम्मका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । एक सत्रमा छ जनालाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको गौतमले जानकारी दिनुभयो ।

    
हाल पोखरामा ५४ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् ।  ४०० जनाले पाइलटको लाइसेन्स लिएकामा २५० जना विभिन्न कम्पनीमा कार्यरत रहेको नेपाल हवाई खेलकुद संस्था (ना)का पूर्वअध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो । पोखराको प्याराग्लाइडिङ हाल सराङकोबाट सञ्चालन हुँदै आएको छ ।

    
प्याराग्लाइडिङका लागि अन्तरराष्ट्रियस्तरमा परिचित पोखरामा पाइलट उत्पादन गर्ने प्रशिक्षण स्कुल स्थापना हुनु यस क्षेत्रको दीर्घकालीन विकासका लागि महत्वपूर्ण उपलब्धि भएको भण्डारीको भनाइ छ ।
     
    
“प्याराग्लाइडिङ व्यवसायलाई दिगो बनाउन बर्सेनि दक्ष पाइलट उत्पादन हुनु आवश्यक छ । पोखरामा यसअघि प्रशिक्षण केन्द्र थिएनन् । यहीँ स्कुल स्थापना भएपछि यस क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादनमा विशेष सहयोग पुग्नेछ भने विदेशी पर्यटकसमेत यहाँ आएर प्रशिक्षण लिन सक्नेछन्”, भण्डारीले भन्नुभयो ।

    
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पोखराको सराङकोटपछि रिभान पनि प्याराग्लाइडिङको अर्को आकर्षक गन्तव्यका रूपमा विकास हुनसक्ने बताउनुभयो । प्याराग्लाइडिङले पोखराको पर्यटन र समृद्धिमा पुर्‍याएको योगदान माछापुच्छ्रे गाउँपालिकासम्म विस्तार हुने उहाँको विश्वास छ ।
 
    
“प्रदेश सरकारले यहाँ पूर्वाधारलगायतका क्षेत्रमा लगानी गरेको छ । प्याराग्लाइडिङको विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा आगामी दिनमा पनि सहयोग गर्नेछौँ”, उहाँले भन्नुभयो ।

    
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनले स्थानीय पर्यटन प्रवर्द्धनसँगै आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  विगतमा पदयात्रा मार्गका रूपमा परिचित रिभान पछिल्लो समय ओझेलमा परेको उल्लेख गर्दै उहाँले यस क्षेत्रको विकासमा गाउँपालिकाले ध्यान दिने बताउनुभयो ।

    
माछापुच्छ्रे गाउँपालिका–५ का वडाध्यक्ष नारायण पौडेलले रिभानको प्याराग्लाइडिङस्थलमा पर्यटन विकासको प्रशस्त सम्भावना रहेको बताउनुभयो । वडाको पहलमा प्रदेश सरकारको सहयोगमा सहिद पार्क निर्माण गरिएको उल्लेख गर्दै उहाँले पर्यटकको बसाइ लम्ब्याउन ओदानेसम्मको पर्यटकीय मार्ग स्तरोन्नति गरी खुमैसम्म जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    
“प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढिरहेको अवस्थामा दक्ष जनशक्ति उत्पादन, नयाँ उडानस्थलको विकास र ग्रामीण पर्यटन विस्तारका दृष्टिले रिभानमा खुलेको स्कुल महत्वपूर्ण छ ।  यसबाट समग्र माछापुच्छ्रे गाउँपालिकाले लाभ लिन सक्छ”, वडाध्यक्ष पौडेलले भन्नुभयो ।

    
माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले गाउँपालिका पदयात्रा पर्यटनसँगै साहसिक पर्यटनमा समेत सम्भावना बोकेको क्षेत्र भए पनि यसको विकासका लागि प्रदेश तथा सङ्घीय सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको बताउनुभयो ।

    
स्थानीय समाजसेवी यामबहादुर गुरुङले प्याराग्लाइडिङ स्कुल सञ्चालनले पर्यटक आगमन बढाउनुका साथै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने विश्वासमा आफूहरू रहेको बताउनुभयो । यसले गाउँ छाडेर बाहिरिएका स्थानीयलाई समेत गाउँ फर्किएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सक्ने उहाँको भनाइ छ । “गाउँका अधिकांश बजार झरेपछि अहिले रिभान गाउँ रित्तो भएको छ । अब गाउँमै सम्भावना बढेपछि गाउँ छाडेर गएका पनि आफ्नै थातथलोमा फर्केलान् भनेर खुसी भएका छौँ”, गुरुङले भन्नुभयो ।

    
रिभानको मैँचेडाँडा पुग्न पोखराबाट जीपमा एक घण्टा यात्रा गर्नुपर्छ । लाहाचोकको पातीखोला पुगेपछि डाँडा चढ्नुपर्छ । डाँडामा पुगेपछि देखिने दृश्यले सबैलाई मोहित पार्ने गरेको छ । 

सभापति लामिछानेद्वारा निर्वाचन खर्च विवरण सार्वजानिक
प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत
समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना
सुनचाँदीको मूल्य बढ्यो
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने
प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०४ उम्मेदवार विजयी
चितवन-३ मा रास्वपाकी सोविता गौतम विजयी
ललितपुरका तीनै क्षेत्रमा रास्वपाको अग्रता
दैलेख १ मा कांग्रेसकी थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि
निर्वाचनको पछिल्लो मतगणना : ७० स्थानमा रास्वपा अगाडि
बागलुङ–२ मा रास्वपाको सुरुआती अग्रता
मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित
काठमाडौँ–१ मा रास्वपाकी न्यौपाने विजयी
निर्वाचन परिणाम : चालिस स्थानमा रास्वपा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचन : राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी हुनु भएन
एमाले अध्यक्ष ओलीद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचन : मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान
अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान
नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान
प्रधानमन्त्री कार्कीद्वारा मतदान
राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय
निर्वाचनको दिन आवश्यकता अनुसार आन्तरिक हवाई उडान हुने
निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो
चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए, २१ ले खोले

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .