धानबालीमा रोग-कीराको समस्या : किसान चिन्तित

चितवन। चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन विधि पुयाउन अनुसन्धान, प्रसार तथा शिक्षाबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ ।
 
 
कृषि विकास कार्यालय चितवनले शुक्रबार आयोजना गरेको कृषि प्रविधि, रोग–कीरा व्यवस्थापन तथा त्रिपक्षीय समन्वय गोष्ठीमा सहभागी वैज्ञानिक, प्राध्यापक, कृषि प्राविधिक तथा स्थानीय तहका कृषि शाखा प्रमुखले धानबालीमा देखिएका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहका निकाय, अनुसन्धान संस्था तथा शैक्षिक क्षेत्रबीच नियमित सहकार्य आवश्यक रहेको बताएका हुन् ।
 
 
गोष्ठीमा अनुसन्धान, प्रसार र शिक्षाबीच कार्यगत सम्बन्ध स्थापित गर्दै किसानका समस्या पहिचान गर्ने, प्राविधिक सेवा प्रभावकारी बनाउने तथा किसान, प्राविधिक र अनुसन्धानकर्ताबीच दुईतर्फी सूचना आदानप्रदानका लागि सहभागितामूलक संयन्त्र विकास गर्ने विषयमा छलफल भएको थियो ।
 
 
कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ वैज्ञानिक अर्जुनप्रकाश पौडेलले नार्कबाट विकसित नयाँ प्रविधि, धानको क्षेत्रफल, उत्पादकत्व तथा पोषक तत्व व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले धानखेतीमा नाइट्रोजन, फस्फोरस, पोटास र जिंकजस्ता पोषक तत्वको सन्तुलित प्रयोग गर्नुपर्ने बताउँदै ढैंचा र अजोलाजस्ता हरियो मलको प्रयोगबाट युरियाको खपत ५० प्रतिशतसम्म घटाउन सकिने जानकारी दिनुभयो ।
 
 
जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई ध्यानमा राख्दै सुख्खा सहनसक्ने तथा रोग–कीरा प्रतिरोधी धानका जातको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । धानखेतीमा विषादीको मात्रा र प्रयोग विधिमा हुने त्रुटि, पानी व्यवस्थापनको कमजोरी, स्प्रेयर तथा नोजलको गलत छनोट, विषादी छर्कने समय नमिल्नु तथा उपकरणको उचित सफाइ नगर्नुजस्ता कारणले रोग–कीरा व्यवस्थापन प्रभावकारी हुन नसक्ने उहाँको भनाइ थियो ।
 
 
कार्यक्रममा बाली रोगविज्ञानका वैज्ञानिक शुकबहादुर गुरुङले धानमा लाग्ने मरुवा (ब्लास्ट), खैरो थोप्ले (ब्राउन स्पट), शीत डढुवा (शीथ ब्लाइट) तथा ब्याक्टेरियल डढुवा (ब्याक्टेरियल ब्लाइट)जस्ता रोगको समयमै पहिचान गरी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वस्थ बीउको प्रयोग, बीउ उपचार, उचित खेत व्यवस्थापन तथा जैविक र आवश्यकताअनुसार रासायनिक विधि अपनाउनुपर्नेमा जोड दिनुभयो ।
 
 
कीट विज्ञानकी वरिष्ठ वैज्ञानिक डा सरस्वती न्यौपानेले पहेंलो गवारो, गुलाबी गवारो, सेतो गवारो, धर्के गवारो, फड्के कीरा, पात बेरुवा, थ्रिप्स तथा सेतो झिँगालगायतका कीराको प्रकोपबारे जानकारी गराउँदै एकीकृत कीरा व्यवस्थापन अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले धान काटेपछि खेत यथाशीघ्र जोतेर ठुटा नष्ट गर्नुपर्ने, केही दिन पानी जमाएर लाभ्रे नष्ट गर्न सकिने तथा गवारोका वयस्क पुतलीको निगरानीका लागि प्रकाश पासो र फेरोमोन पासो प्रयोग गर्न सकिने जानकारी दिनुभयो । धानमा कीरा नियन्त्रणका लागि रासायनिक विषादीमा मात्र निर्भर नभई खेती प्रणाली, जैविक, यान्त्रिक तथा आवश्यक अवस्थामा मात्र सुरक्षित विषादीको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
 
 
धान रोप्नुअघि ढैंचाजस्ता हरियो मल बाली लगाउने, खेत तथा आलीमा रहेका झारपात र कीराका वैकल्पिक आश्रयस्थल हटाउने, खेत सम्याएर पानीको समान व्यवस्थापन गर्ने तथा प्रमाणित र गुणस्तरीय बीउ प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । त्यस्तै कीरा तथा रोग सहनसक्ने जात छनोट गर्न, स्वस्थ तथा कीरारहित बेर्ना मात्र रोप्न र समयमै धान रोपाइँ गर्न उहाँले आग्रह गर्नुभयो ।
 
 
धानबाली विज्ञ प्राडा विष्णुविलास अधिकारीले पछिल्लो समय विषादीको अनावश्यक प्रयोगका कारण धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएको बताउनुभयो । अनावश्यक विषादीको प्रयोगले माटो, वातावरण तथा मानव स्वास्थ्यमा असर पर्न सक्ने उहाँको भनाइ थियो ।
 
 
जलवायु परिवर्तनका कारण कृषि प्रणालीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उहाँले वातावरणअनुकूल तथा रोग–कीरा सहनसक्ने जातको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । कृषि प्रणालीलाई समयअनुसार डिजिटलमैत्री बनाउनुपर्ने उहाँले बताउनुभयो ।
 
 
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जिल्लाका विभिन्न स्थानबाट किसान दैनिकजसो धानबालीका समस्या लिएर कार्यालय आउने गरेको बताउनुभयो । किसानका समस्या स्थानीयस्तरमै पहिचान गरी समाधानका लागि वैज्ञानिक र प्राविधिक ज्ञान किसानसम्म पु¥याउन यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो ।
 
 
गोष्ठीमा जिल्लाका सातवटै स्थानीय तहका कृषि शाखा प्रमुखले धानबालीमा बढ्दो रोग तथा कीराको समस्या समाधानका लागि अनुसन्धान संस्था, प्राविधिक निकाय र स्थानीय तहबीच नियमित समन्वय आवश्यक रहेको बताएका थिए । अनुसन्धानबाट विकसित प्रविधि किसानको खेतसम्म पु¥याउन यस्ता समन्वयात्मक कार्यक्रम फलदायी हुने उनीहरूको भनाइ थियो ।
 
 
कार्यक्रममा वरिष्ठ कृषि अधिकृत डा देवराज अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका कीट विज्ञ अनन्तमणि भट्टराई, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मी, मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईलगायत जिल्लास्थित विभिन्न कार्यालयका कृषि प्राविधिकको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
पद छोटो, कामको प्रभाव दीर्घकालीन : ९ महिना १६ दिनमा उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा के गरे ?
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी
कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ अर्ब २३ करोड रकम मौज्दात
इभीमा आगलागी, चालकको मृत्यु
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम
सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको ११३औँ जन्मजयन्ती मनाइँदै
विपद्का समयमा सुरक्षा निकायलगायतबाट भएको प्रयास सराहनीय छ : नेपाली कांग्रेस
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की
आज जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म
सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति ओम शान्ति एकेडेमीको श्रद्धाञ्जली
भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन
भोटेकोशी बाढी : एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु
भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह
रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता
भोटेकोशी बाढी : एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन
प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन
करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .