इ चितवन खबर
March 11, 2026
चितवन। चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गर्नुभएको छ । उहाँ रास्वपाका पार्टी सभापति समेत हुनुहुन्छ ।
निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार रु नौ लाख ८९ हजार ९८७ खर्च भएको उल्लेख छ । आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च रु १० हजार, नमूना मतपत्र सामग्री छपाइमा रु ६८ हजार १६१, यातायात तथा इन्धन खर्च रु दुई लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च रु १४ हजार २००, वडास्तरीय प्रचारप्रसार रु ४६ हजार, प्रचारप्रसारका लागि झण्डा र ब्याच खरिद रु एक लाख १२ हजार भएको जनाइएको छ ।
यसैगरी प्रचारप्रसारका लागि ब्यानर र ‘स्टिकर’ खरिद रु ५५ हजार, खाद्यान्न तथा रासन खरिद रु एक लाख ९६ हजार, हवाई खर्च रु १३ हजार ६२६ र गोष्ठी भेलामा रु एक लाख ८० हजार खर्च भएको जनाइएको छ ।
सो पार्टीको भरतपुर महानगर सभापति सीता ज्ञवालीले खर्च विवरण मङ्गलबार निर्वाचन आयोगमा पेस गर्नुभएको हो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 01, 2026
September 30, 2026
September 26, 2026
September 24, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
October 04, 2026
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .