चितवन। किसानले दूधको मूल्य वृद्धि गर्न माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बजारमा दानाको मूल्य वृद्धि भएसँगै दूधको मूल्य वृद्धि गर्न माग गरेका हुन् । आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोजना गरी दूधको सङ्घका अध्यक्ष किशोर वगालेले दाना चोकरको मूल्य वृद्धि भएसँगे दूधको मूल्य वृद्धि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले विसं २०७९ मा वृद्धि भएको दूधको मूल्य त्यसपछि वृद्धि नभएको बताउनुभयो ।
अहिले दूध उत्पादक किसानले प्रतिलिटिर चार फ्याट र आठ एचएनएफ भएको दूधको मूल्य रु ६५ पाउने गरेका छन् । यो मूल्यलाई बढाएर कच्चा दूध प्रतिलिटर रु ७५ पुर्याउनुपर्ने माग सङ्घले गरेको छ । दाना चोकरको मूल्य वृद्धि भएसँगै दूधको लागत मूल्यमा समेत वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “दसैँअघि देखि दूधको मूल्य वृद्धि गर्न माग गरिएकोमा अहिलेसम्म पनि वृद्धि हुन सकेको छैन ।” आफूहरुले दूधको मूल्य वृद्धिको माग गर्दै सरोकारवाला निकायमा भेट गरी मूल्य वृद्धिको माग गरेको बताउनुभयो । सामान्य अवस्थामा दूधको लागत मूल्य प्रतिलिटर रु ५५ देखि ६० पर्ने गरेको छ । अहिले दाना चोक्करको मूल्य बढेपछि लागत मूल्य पनि बढेको उहाँले जानकारी दिनुभयो ।
अहिले जिल्लामा दैनिक तीन लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूधमध्ये ५५ प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ । जिल्लामा ११५ दुग्ध उत्पादक सहकारीमार्फत दूध सङ्कलन गरेर बजारमा पुर्याउँदै आएको छ ।
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .