इ चितवन खबर
February 26, 2025
काठमाडौँ । नेपाली महिला फुटबल टिमले अर्को फाइनल खेल हारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सान्त्वना दिएका छन् ।
म्यान्मारविरुद्धको अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा २-० ले हार बेहोरेपछि प्रधानमन्त्री ओलीले कार्यव्यस्तताले सहभागी हुन नसकेपछि छोरीहरुको खेल राम्रो भएको भन्दै सान्त्वना दिएका हुन् ।
बुधवार साँझ खेल सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमा एक स्टाटस राख्दै उनले भनेका छन्- 'कार्यव्यस्तताले आज नेपाल र म्यानमार बिच भइरहेको खेल हेर्न जान पाएको थिइनँ । केही समय मात्र प्रत्यक्ष प्रसारण हेर्न पाएँ । छोरीहरूको खेल राम्रो थियो । भविष्यमा हामी जित्ने नै छौं ।'
नेपाली राष्ट्रिय महिला टिमले पछिल्लो १५ बर्षमा फाइनलमा हार बेहोरेको यो १३औं पटक हो ।
Happy ( ०% )
Sad ( ०% )
Surprised ( ०% )
Excited ( ०% )
Angry ( ०% )
नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।
Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd. .