चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को ?

इ चितवन खबर

February 25, 2025

काठमाडौं । आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन्। उनी जाँदैगर्दा पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जान्छन्।


उनीहरू हुन् - टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई। बाँकी रहन्छन् तीन जना एआइजी  दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ। थापा, गिरी र तामाङ कुँवरका वैकल्पिक ब्याचमेट हुन्। उनीहरू २०५२ भदौ ११ गते प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए।


कुँवरसहित अवकाशमा जानेहरू २०५१ साल चैत ५ गतेका हुन्। थापा, गिरी र तामाङ उनीहरूभन्दा छ महिनापछाडि प्रहरी निरीक्षकमा भर्ना भएका थिए। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश गरेका छन्। दुबै प्रहरी संगठनसँग सम्बन्धित विधेयक विचाराधीन छन्। अहिले प्रतिनिधिसभाको हिउँदे अधिवेशन चलिरहेको छ। लेखकले पेश गरेको दुबै प्रहरी संगठनको विधेयकमाथि छलफल जारी छ।


तर, यो विधेयक कहिले पारित हुने र कार्यान्वयनमा आउने भन्ने मूल प्रश्न छ। विधेयक पारित भएर कार्यान्वयनमा आउँदा महानिरीक्षक कुँवर पदबाट बिदा भइसक्ने आँकलन प्रहरीमा छ। विधेयकमा विद्यमान प्रहरीको सेवाअवधि हटाइने छ। अहिले प्रहरीमा ३० वर्षे सेवा अवधि छ।  यदि, मन्त्री लेखकले पेश गरेको विधेयक पारित भए कहिलेदेखि नेपाल वा सशस्त्र प्रहरी दुबै संगठनमा लागू हुने यकिन छैन। विधेयक पास भएपछि नयाँ ऐन बन्न समय लाग्ने छ। नेपाल प्रहरीमा पहिले ३२ वर्षे सेवा अवधि थियो, पछि ३० वर्षे सेवा अवधि ल्याइयो। यो विधेयक पारित भएर कार्यान्वयनमा आए प्रहरी (नेपाल/सशस्त्र)मा सेवा अवधि रहन्न।


विधेयकमा प्रहरी महानिरीक्षकको उमेर हद ६० वर्ष र सेवा अवधि तीन वर्ष राखिएको छ। प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर ५९ वर्ष र सेवा अवधि तीन वर्ष राखिएको छ। यो विधेयक पास वा कार्यान्वयन नहुँदै नेपाल प्रहरीको नेतृत्वमा भने अवकाशको स्थिति सिर्जना भएको छ। कुँवरको अवकाशको मिति नजिकिँदे जाँदा  तीन जना एआइजीमध्ये एक जना नेतृत्वमा पुग्न सक्छन्।


जहाँसम्म प्रहरी विधेयक पास भएर आउँदा र कार्यान्वयनको पाटोमा जाने सन्दर्भ आर्थिक वर्ष २०८२/८३ बाट हुन सक्ने प्रहरी अधिकृतहरू बताउँछ। यदि नेपाल प्रहरीमा यो विधेयक लागू भयो भने चैत ५ गतेपछि हुने नयाँ आइजिपीको पद केही समयसम्म लम्बिन सक्छ। ‘तर, यो विधेयक के कसरी पास भएर आउँछ भन्ने टुंगो नलाग्दै भावी दिनमा के हुन्छ भनेर अहिले किटान गरिहाल्न हतार हुन्छ,’ प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृतले भने। यदि, विधेयक पास भएर आएन र अहिलेकै अवस्था रहिरहे चैत ५ पछि हुने प्रहरी महानिरीक्षकको कार्यकाल पुग-नपुग ६ महिना रहन्छ।

 

को हुन् प्रतिस्पर्धी?

नेपाल प्रहरीको महानिरीक्षकका एकल दाबेदार एआइजी दीपक थापा मानिएका छन्। उनीपछि सुदीप गिरी र टेकबहादुर तामाङ छन्। सबै राजनीतिक शक्तिसँग सुमधुर सम्बन्ध रहेका कारण थापा भावी प्रहरी महानिरीक्षकको रूपमा एकल दाबेदारले चर्चित छन्।


प्रहरीमा वरिष्ठतम् अधिकृतलाई प्रहरी महानिरीक्षकको दाबेदार मानिन्छ। तर, कहिलेकाहीँ राजनीतिक शक्तिकेन्द्रको रोजाइमा वरिष्ठतम् प्रहरी अधिकृत नपरेका उदाहरण छन्।


कनिष्ठ व्यक्ति पदमा पुग्दा वरिष्ठ प्रहरी अधिकृत जिल्लराम भएको हेर्न धीरजप्रताप सिंहको ब्याचमेटलाई हेरे पुग्छ। सिंहले आफूभन्दा वरिष्ठ अधिकृत विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पाखा लगाएका थिए।


एउटै मितिमा भर्ना भएका पोखरेल, थापा र सिंह एसएसपीसम्म सँगै बढुवा भए। डिआइजी हुँदा पोखरेलले एआइजी दरबन्दी नै कायम गराएर फड्को मारे। पोखरेलको पदचाप पछ्याउँदै थापाले एआइजीको अर्को दरबन्दी थपेर प्रतिस्पर्धामा आए। 


तर, सिंहले अस्वाभाविक रूपमा प्रहरी महानिरीक्षकमा छलाङ मारिदिए। पहिले बढुवामा पछि परेको स्थितिलाई सिंहले नेतृत्व चयनमा 'बदला'कै रूपमा प्रस्तुत गरिदिए। 


थापा चुपचाप सेवा अवधिसम्म पदमा बसेर घर फर्किए। तर, पोखरेल आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालत गए। तर, अदालतले वरिष्ठताको व्याख्या नगरीकन सरकारले चयन गर्ने विषय भन्दै पोखरेलको निवेदन खारेज गरिदिएको थियो।  


सर्वोच्चको यो निर्णयपछि भने वरिष्ठताको विषय ओझेलमा छ र सरकारले रोजेको जो व्यक्ति पनि प्रहरीको सर्वोच्च पदमा पुग्ने सम्भावना बलियो बनेको छ। थापा एआइजी गिरी र तामाङभन्दा १८ दिनअघि भएका थिए। थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख छन्।


एआइजीमै हुँदा उनी उपत्यका प्रहरी कार्यालयको प्रमुख भए। डिआइजी हुँदा बागमती प्रदेश प्रहरी र  प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा काम गरेका थिए।


एसएसपी हुँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा काम गरे। एसपी हुँदा चितवन जिल्ला प्रमुख, प्रहरी प्रधान कार्यालयको बजेट शाखा, अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटबलमा काम गरेका थिए।डिएसपी हुँदा उनले जिल्ला प्रहरी कार्यालय खोटाङ, इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी वृत्त महाराजगञ्जमा काम गरेका थिए।

 

गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत् छन्। यसअघि उनी प्रदेश समन्वय विभागमा थिए। डिआइजी हुँदा उनले कोशी प्रदेश र प्रहरीको विशेष ब्युरो र एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंमा काम गरेका गरेका थिए। एसपी हुँदा उनले कैलाली र पर्सा प्रहरीको नेतृत्व सम्हाले। डिएसपीमा प्रहरी वृत्त कालिमाटी र जिल्ला प्रहरी कार्यालय रसुवा पुगेका थिए।


तामाङ हाल उपत्यका प्रहरी कार्यालय प्रमुख छन्। यसअघि उनी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा थिए। डिआइजी हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, एसएसपी हुँदा विराटनगर तालिम केन्द्रमा थिए।


एसपी हुँदा उनले जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी पहरा गण मुख्यालय सामाखुसीमा काम गरे। डिएसपी हुँदा इलाका प्रहरी कार्यालय धरान, प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङमा काम गरेका थिए।

 


# चितवन खबर # राजनीति

How do you feel after reading this news?

Happy ( ०% )

Sad ( ०% )

Surprised ( ०% )

Excited ( ०% )

Angry ( ०% )

Comments

You May Like

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

June 30, 2026

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

June 29, 2026

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

June 26, 2026

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

June 24, 2026

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

June 22, 2026

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

June 21, 2026

प्रधानमन्त्री शाह चितवनमा

June 21, 2026

रास्वपा महाधिवेशन : चार हजार २११ प्रतिनिधि

June 21, 2026

चितवनमा आजदेखि सुरू हुँदैछ रास्वपाको पहिलो महाधिवेशन

June 21, 2026

रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक सुरु

June 20, 2026

नेपाल र विश्वसँग सम्बन्धित ताजा, विश्वसनीय र अद्यावधिक समाचार तथा जानकारीलाई पाठकमाझ छिटो, निष्पक्ष र प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको एक विश्वासिलो सञ्चार माध्यम हो। मोफसलमै चर्चित रंगिन पत्रिकाको पहिचान बनाएको चितवन खबर पत्रिका सँगै सञ्चालनमा रहेको इ चितवन खबर डट कमले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कला–साहित्य, मनोरञ्जनदेखि स्थानीय जनजीवनका विविध विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको छ।सत्य तथ्यमा आधारित पत्रकारिता, स्थानीय आवाजको प्रवर्द्धन र जनचासोका विषयलाई सशक्त रूपमा उठान गर्ने उद्देश्यका साथ अघि बढिरहेको चितवन खबरले डिजिटल पत्रकारितामार्फत देश–विदेशमा रहेका नेपाली पाठकमाझ आफ्नो अलग पहिचान स्थापित गरेको छ। सूचना, समाचार र विचारको विश्वसनीय स्रोतका रूपमा स्थापित हुँदै गएको चितवन खबर निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छ।

सूचना विभाग दर्ता नं: २८०५/०७५/०७९

  • महाप्रबन्धक: हरि कार्की " लक्की "
  • सम्पादक: इन्दिरा पन्त
  • निर्देशक​: राजेश शर्मा आचार्य
  • ब्यबस्थापक: निर्माला बस्याल
  • विज्ञापनका लागि: ०५६-५१६१४०,९८५५०४८४४९ +९७७-९८५५०४८४४९ echitwankhabar@gmail.com

सम्पर्क

  • भरतपुर महानगरपालिका- १२, चितवन

  • ०५६-५१६१४०,९८५५०४८४४९

  • chitwankhabar@gmail.com

उपयोगी लिंकहरु

Copyright © 2026, इ चितवन खबर डट कम. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .